+
+

लक्ष्मण रिजालले निर्देशन गर्ने फिल्म ‘काजी’को शीर्ष भूमिकामा विपिन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते १२:००

काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा बन्न लागेको फिल्म ‘काजी’को शीर्ष भूमिकामा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् ।

निर्माण टिमले बिहीबार विपिनसँग सम्झौता गरेको हो । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मको निर्माता रामप्रसाद रिजाल हुन् ।

फिल्ममा वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय बराल, सुमन कार्की र कैलाश कार्कीको समेत अभिनय रहनेछ ।

फिल्म सन् २०१३ को सेटिङमा बेलायतका विभिन्न स्थानमा छायांकन गरिने रिजालले बताए । फिल्मको छायांकन भदौदेखि सुरु गर्ने तयारी छ । फिल्ममा सविन कार्की र असिम काफ्लेको लेखन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?