+
+

‘गणपति’को ट्रेलर : एउटै व्यक्तिलाई समाजले गर्ने फरक-फरक व्यवहारको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते १२:५०

काठमाडौं । मुकुन भुसाल र मेनुका प्रधान अभिनित फिल्म ‘गणपति’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट चार सेकेण्ड लामो ट्रेलरमा फिल्मको कथावस्तु बुझाउने प्रयास गरिएको छ ।

एक व्यक्तिको अस्वभाविक रुपमा जन्म, बाल्यकाल र युवावस्थामा आउने उतारचढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । नि:सन्तान दम्पतीलाई भगवान गणेशजस्तो स्वरुपको पुत्रलाभ भएपछि आइपर्ने विविध परिस्थितिको कथा फिल्मले पेश गर्छ । आगामी भदौ १४ गते रिलिज हुने तयारीमा रहेको यो फिल्मलाई सविन अधिकारीले निर्देशन गरेका छन् ।

‘गणपति’मा निर्देशनसँगै लेखन पनि अधिकारीको छ । मुकुन र मेनुकाको साथमा सूर्यमाला खनाल, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, सुशील पोखरेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु राना, टीकाभक्त जिरेल लगायतले फिल्ममा अभिनय गरेका छन् ।

यो फिल्मको छायांकन तनहुँको बन्दीपुर गाउँपालिकास्थित थारुवासमा भएको हो । रिजाल एण्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका निर्माता लक्ष्मण रिजाल हुन् । निर्माण गरेको फिल्मलाई हरि घले लामाले खिचेका हुन् । फिल्मको कार्यकारी निर्मातामा विज्ञान केसी र अर्विन्द्र गिरी छन् भने सहनिर्मातामा बनिश शाह छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?