+
+
Shares

आइमाईहरूको सत्ता

अनिता न्यौपाने अनिता न्यौपाने
२०८० साउन ३० गते १६:२२

स्वास्नी मान्छेको एक मृदुल मुस्कानले
अँध्यारोको आधिपत्यमाथि धावा बोल्दै
उज्यालो बनाउँछ घर
को भन्न सक्छ त्यो क्रान्ति होइन ?

रुँदै गरेका बच्चा
आमाको काख पाएर
जब लुटुक्क निदाइदिन्छ
त्यो काख कुनै क्रान्तिको
मैदान भन्दा कम हुँदैन

जब ग्रहण गर्छे नारीले वीर्य
र, आमा बन्न लागेको महसुसका साथ
ओठभरि फुलाउँछे मुस्कान
क्रान्तिको चरम उत्कर्ष भेटिन्छ उसको अनुहारमा

सबैलाई पेटभरि खुवाएर
खाली कसौंडी र कराईसँग मिलेर
कर्सुलाले गाएको लोरी सुन्दै
भोको पेट निदाउन सक्नु
के कुनै क्रान्ति भन्दा कम हुन सक्छ ?

दिनभरि श्रम गरेको ढाडले
रातभरि धानेर सहबासको शरीर
फेरि उही बोझिलो सास फेरेर बिहान तयार हुनु
मसाल बोकेर निस्कनुभन्दा हजारौं गुणा ठूलो क्रान्ति हो

मक्किएको धुरी खाबोको टेको भएर
उज्यालो दिनको प्रतीक्षामा
वर्षौंसम्म कसैलाई पर्खन सक्नु
ऊ नआउने खबरले
आँसुलाई आँखामै जमाउन सक्नु
क्रान्तिको गतिलो उपमा योभन्दा अर्को हुन सक्दैन

आफ्नै हातका ठेला हेरेर
तिनै ठेलासँगै मनका बह पोख्न सक्नु
ठेला, फोरा, पसिनालाई साथी बनाएर
उक्लन सक्नु जिन्दगीको उकालो
महान् क्रान्ति भन्दा कम छ र ?

तिमी कसरी भन्दैछौ
आइमाईको सत्ता नै छैन भनेर
अहॅं, म त सोच्न पनि पनि सक्दिनॅं
नपत्याए आफैं
एक पटक फर्केर हेरे त
तिमी हिंडिआएको बाटो….

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?