+
+

मुख्यमन्त्री थापाविरुद्ध एमाले फेरि अदालत जाने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १९:०४

४ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध नेकपा एमाले फेरि अदालत जाने भएको छ ।

प्रदेशसभाको अध्यक्षता गरेका इस्त्राइल मन्सुरीको समेत मत लिएर मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत पाएका छन् । तर एमालेले सभामुखको मतसमेत जोडेर विश्वासको मत लिनु असंवैधानिक भन्दै अदालत जाने बताएको हो ।

पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मत कार्कीले भने, ‘संविधान जोगाउन पनि हामी अदालत जानै पर्‍यो ।’ सत्तारुढ गठबन्धनबाट संविधानको धज्जी उडाउने काम भएको उनले बताए ।

‘कानून नमान्ने र संसदीय गरिमा नराख्ने काम उहाँहरुबाट भएकै थियो । अब त निर्लज्जताको पनि सीमा रहेन’, कार्की भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?