+
+

उपप्रमुखको साटो वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १६:०७

६ भदौ, काठमाडौं । वडाध्यक्षलाई कार्यवाहक दिने झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईको निर्णय कार्यान्वयन नगर्न अदालतले आन्तरिम आदेश दिएको छ । उच्च अदालत, विराटनगरको इलाम इजलासका न्यायाधीश सोमकान्त मैनालीको एकल इजलासले गाउँपालिका अध्यक्ष राईको १ भदौको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

झापाको चार वटा पालिका गौरादह, गौरीगञ्ज, शिवसताक्षी र कमलका प्रमुख जापान भ्रमणमा छन् । विदेश जाने क्रममा शिवसताक्षी नगरपालिकाका मेयर मेघाहाङ थोप्रा (रोशन) र कमल गाउँपालिकाका अध्यक्ष राईले उपप्रमुखको साटो वडाध्यक्षलाई कार्यवाहक दिए ।

यसले आफ्नै पदीय तथा व्यक्तिगत मानमर्दन भएको दाबी गर्दै कमल गाउँपालिकाका उपप्रमुख प्रमिला न्यौपाने अदालत गएकी थिइन् ।

उच्च अदालत, इलाम इजलासका न्यायाधीश मैनालीको इजलासले स्थानीय सरकार सञ्चालन ऐनमै ७ दिनभन्दा बढी समय अनुपस्थित हुने भएमा उपाध्यक्षले कार्यभार सम्हाल्ने कानुनी व्यवस्था रहेको र पदसोपानमा अध्यक्षपछि उपाध्यक्ष हुने भएकाले वडाध्यक्ष अशोक सुब्बालाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?