+
+

‘राजनीतिज्ञले समाजमा नदेखेका कुरा ‘ऐंचो पैंचो’मा देखाउने प्रयास गरेका छौं’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १६:१४

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञलाई फिल्म ‘ऐंचो पैंचो’ हेर्न आग्रह गरेकी छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रिमियरमा नेतालाई देख्ने गरेको गरेको भए पनि हलमै पुगेर फिल्म हेर्न आग्रह गरिन् ।

नेतालाई फिल्म हेर्न आग्रह गर्दै उनले भनिन्, ‘कतिपय सन्दर्भमा उहाँहरूले समाजमा नदेख्नुभएको कुरा हामीले हाम्रो क्यामेराबाट देखाइरहेका हुन सक्छौं । त्यसैले ऐंचोपैंचो हेर्न म उहाँहरुलाई आग्रह गर्छु ।’

गसिप र कन्ट्रोभर्सी सिर्जना गरेर आफू फिल्म चलाउने पक्षमा नरहेको भन्दै स्वस्तिमाले फिल्म राम्रो बनेको दाबी गरिन् । यो फिल्मबाट प्रस्ताव आएपछि आफूले सुरुमा निर्देशकसँग विचार मिल्छ कि मिल्दैन भनेर केही दिन कार्यशालामा बसेपछि मात्रै एकिन गरेर साइन गरेको जानकारी दिइन् ।

केही दिनअघि नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले ‘ऐंचो पैंचो’ हेर्नुपर्ने फिल्म भएको भन्दै यो फिल्मले दलका नेतालाई सच्चिन सन्देश दिने बताएका थिए । ‘पोलिटिक्स इज अ डर्टी गेम’ भन्ने भनाइ रहेको अवस्थामा खराब बाटोमा रहेका राजनीतिकर्मीलाई पनि सच्चिन यो फिल्मले सन्देश दिने कुरामा आफू ढुक्क रहेको आलेले बताएका थिए ।

कार्यक्रममा अभिनेत्री वर्षा राउतले फिल्ममा आफ्नो छोटो तथा अर्थपूर्ण भूमिका रहेको बताइन् । सबै कलाकारको उत्तिकै प्रयत्न भएकाले फिल्म राम्रो बनेको उनले बताइन् । अभिनेता मुकन भुसालले भने, ‘मैले धेरै फिल्म त गरेको छैन । तर स्क्रिप्ट राम्रो भयो भने काम गर्छु । कुन रोलमा को छ भन्दा पनि समग्रमा फिल्म राम्रो हुनुपर्छ । त्यो भयो भने सबैलाई राम्रो हुन्छ ।’ उनले फिल्मको बजार विस्तारका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

यो फिल्ममा सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतको अभिनय छ । अभिमन्यू निरवीको पटकथा रहेको फिल्मलाई कृषा चौलागाईंले निर्देशन गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?