११ भदौ, काठमाडौं । २६ औैं एसियन च्याम्पियनसिप खेल्न नेपालबाट ५ खेलाडी कोरिया जाने भएका छन् ।
एसियन गेम्समा छनोट भएका ६ मध्ये ५ खेलाडी शुक्बार त्यसतर्फ प्रस्थान गर्न लागेका नेपाल टेबल टेनिस संघले जनाएको छ ।
नविता श्रेष्ठ भने टिमसँग कोरिया जाँदिनन् ।
नेपाली टेबल टेनिस खेलाडीले एसियन गेम्स र एसियन च्याम्पियनसिपका लागि भारतमा १ महिना लामो प्रशिक्षण गरेर नेपाल फर्किएका छन् ।
नेपालबाट एसियन च्याम्पियनसिप खेल्ने खेलाडीहरुमा पुरुष तर्फ रुविन महर्जन, संयोग कपाली, बिलोश श्रेष्ठ तथा महिलातर्फ शिखा सुवाल श्रेष्ठ र इभाना थापा छन् ।
प्रतिक्रिया 4