+
+

देशभर ५०० वटा चार्जिङ स्टेसन बनाउने सरकारको तयारी 

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १७:२१

१५ भदौ, काठमाडौं । सरकारले देशभर ५०० वडा चार्जिङ स्टेसन निर्माण गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले चार्जिङ स्टेसन निर्माणलाई अभियानको रुपमा अघि बढाएर देशभर उक्त संख्यामा चार्जिङ स्टेसन बनाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यले शुब्रबारदेखि काठमाडौंमा सुरु भएको ‘नेपाल ईभी तथा नेपाल पावर लाइट एउण्ड इलेक्ट्रोनिक प्रदर्शनी’ मेला उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मुलुक क्रमशः ऊर्जामा आत्मनिर्भर हुँदै गएकाले विद्युतीय सवारीसाधन र उपकरणको प्रयोगलाई बढावा दिने उद्देश्यका साथ सरकारले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको उनको भनाइ छ ।

देशभर पाँच सय वटा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरी विद्युतीय सवारीसाधनलाई थप प्रवर्द्धन गर्दै लगिने नीति लिएको उनले बताए ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका ५० वटा चार्जिङ स्टेशन एकाधबाहेक अधिकांश सञ्चालनमा आइसकेका छन् ।

सरकार दीर्घकालीन सोचका साथ ऊर्जा क्षेत्रको विकासका लागि प्रयत्नशील रहेको उनको दाबी छ ।

ऊर्जा क्षेत्रको समयानुकूल विकासका लागि सरकारले हालैमात्र नयाँ विद्युत विधेयक तयार गरेको र संघीय संसद्‍मा पेस हुने चरणमा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?