+
+

‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक, दयाहाङ टोरन्टो रेडकार्पेटमा उपस्थित हुने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १४:५८

काठमाडौं । यस वर्षको प्रतिष्ठित टोरन्टो फिल्म फेस्टिभलको ४८ औं संस्करणमा नेपाली फिल्म ‘गाउँ आएको बाटो’ विश्व प्रिमियर हुँदैछ । फेस्टिभलको पहिलो दिन सेप्टेम्बर ७ मा यो फिल्मलाई विश्व प्रिमियर गर्ने तालिका छ ।

सेप्टेम्बर १० मा पब्लिक स्क्रिनिङ हुनेछ । टोरन्टोको वेबसाइटअनुसार ‘गाउँ आएको बाटो’को पब्लिक स्क्रिनिङको टिकट पूरै बिक्री भइसकेको देखिएको छ । यसले नेपाली फिल्मको क्रेजलाई दर्शाउँछ ।

टोरन्टोको रेडकार्पेट प्रिमियरमा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई, निर्देशक नवीन सुब्बा, निर्माता अमोद राई, छायाकार जोस हेरम, म्युजिसियन हाइडी ली, लाइन प्रोड्युसर मिनिसो लिम्बू, कार्यकारी निर्माता भीम राई सहभागी हुने पक्का भएको छ ।

प्रिमियरमा उपस्थित हुन दयाहाङ र पशुपति मंगलबार बेलुका त्यसतर्फ प्रस्थान गर्दैछन् । दयाहाङ सेप्टेम्बर १२ सम्म क्यानडामा रहने कार्यक्रम छ । निर्देशक, निर्माता र अभिनेत्री पशुपति राई सेप्टेम्बर १८ सम्म टोरन्टोमा रहनेछन् ।

टोरन्टोबारे प्रिमियरबारे निर्माता राईले अनलाइनखबरसँग भने, ‘नेपाली कथावस्तु अन्तर्राष्ट्रिय समुदायलाई देखाउने अवसरको रुपमा हामीले यसलाई लिएका छौं । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय समुदायमा जाने बाटो पनि यसले खोलेको छ ।’

यसैबीच, टोरन्टो फिल्म फेस्टिभलले दयाहाङ राई स्टारर ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?