+

तीतो-टर्रो खानेकुरा स्वास्थ्यलाई लाभदायक कि हानिकारक ?

२०८० भदौ  २४ गते १७:५४ २०८० भदौ २४ गते १७:५४
तीतो-टर्रो खानेकुरा स्वास्थ्यलाई लाभदायक कि हानिकारक ?

हामी गुलियो, नुनिलो र मसलेदार खानेकुरा हरेक दिन नै खान्छौं । तर तीतो र टर्रो खानेकुरा हामीलाई खास मन पर्दैन र दैनिक खानामा समावेश गर्दैनौ । हामीलाई मीठो लाग्ने खानेकुराको सूची तयार गर्ने हो भने सबैभन्दा मीठोबाट क्रमशः नमीठो खानेकुरा आउँछ । गुलियो,  नुनिलो, पिरो, अमिलो, तीतो र टर्रो ।

अब मीठोको यो सूचीलाई ठीक पछाडिबाट राखियो भने ती खानेकुरा स्वास्थ्यका लागि प्राथमिकतामा पर्न जान्छन् । अर्थात् स्वास्थ्यका लागि क्रमशः टर्रो, तीतो, अमिलो फाइदाजनक मानिन्छ । गुलियो खानेकुरा स्वास्थ्यका लागि कम प्राथमिकतामा पर्छ ।

सन्तुलित खानाका लागि हामीलाई टर्रो, तीतो, अमिलो, पिरो, गुलियो सबै किसिमको स्वाद आवश्यक हुन्छ । हामी जति गुलियो, नुनिलो खानेकुरा खान्छौं त्यति तीतो, टर्रो खानेकुरा खाँदैनौ । तर गुलियो, नुनिलो खानेकुरासँगै तीतो र टर्रो खानेकुरा पनि दैनिक खानुपर्छ ।

तीतो, टर्रो खानेकुरा यति नै मात्रामा खाने भनेर अनुसन्धान त भएको छैन । तर हामीले पहिलेदेखि मेथीलाई तरकारीमा पड्काउने, काँचो केराको तरकारी अचार खाने गर्दै आएका छौं, त्यसरी नै खान सकिन्छ ।

भूपाल बानियाँ, पोषणविद्

तोटर्रो खानेकुरामा के हुन्छ ?

काँचो खानेकुरा प्राय: टर्रो स्वादको हुन्छ । काँचो फलफूल र तरकारीमा प्रशस्त भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट र पकाइएका खानाको तुलनामा बढी हुन्छ । दैनिक भोजनमा फलफूल र सागसब्जी जस्ता धेरै भन्दा धेरै काँचो खानेकुरा मिसाएर खाने बानीले पचन प्रणालीलाई फाइदा पुग्छ ।

तीतो खानेकुराले शरीरबाट विषाक्त पदार्थहरू हटाउँछ । तीतो खानामा धेरै एमिनो एसिड, भिटामिन र मिनरल्स हुन्छ, जसले दिमागलाई ताजा बनाउँछ । तीतो खानेकुराले तन्तुबाट विषाक्त पदार्थ निकालेर पेटलाई राहत दिन्छ । तीतो खानेकुराको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । साथै पाचन प्रणालीलाई स्वस्थ राख्न र मधुमेह, एनिमिया जस्ता गम्भीर रोगहरूबाट छुटकारा दिलाउन मद्दत गर्छ ।

तोटर्रो खानेकुरा खानुका फाइदा

तीतो खानेकुराले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । विशेषगरी करेला, मेथी जस्ता तीतो खानेकुराले रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्छ । यी खानेकुराले इन्सुलिन छोड्न र राम्रो ग्लुकोज नियन्त्रण बढाउन मद्दत गर्न सक्छ ।

तीतो टर्रो खानेकुरामा एन्टिअक्सिडेन्ट गुण हुन्छ । जुन छालाको लागि निकै फाइदाजनक हुन्छ । यसले हृदयरोग र मधुमेह जस्ता रोगहरूको जोखिम कम गर्न मद्दत गर्छ । यसले क्यान्सरको जोखिम निम्त्याउने फ्री रेडिकलसँग पनि लड्छ ।

यस्ता खानेकुरामा फाइबरको राम्रो मात्रा हुन्छ । फाइबर पेटको लागि धेरै लाभदायक हुन्छ । यसले भोकलाई पनि नियन्त्रण गर्छ । यो तौल घटाउनमा पनि उपयोगी हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, चिसो र ज्वरो जस्ता भाइरल संक्रमणबाट बचाउँछ ।  राम्रो स्वास्थ्यका लागि रोग प्रतिरोधात्मक क्षमता राम्रो हुनुपर्छ ।

यस्ता खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायक छ । तर कुनै पनि कुराको अत्यधिक सेवनले हानि गर्छ । त्यसैले फाइदा गर्छ भनेर एकै पटक धेरै मात्रामा तीतो-टर्रो खानेकुरा खानु हुँदैन ।

(पोषणविद् भुपाल बानियाँसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

तीतो खानेकुरा स्वास्थ्य
लेखक
भुपाल बानियाँ, पोषणविद्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

एचआईभी नियन्त्रणमा प्रगति भए पनि लाञ्छना र विभेद अझै

एचआईभी नियन्त्रणमा प्रगति भए पनि लाञ्छना र विभेद अझै

विश्वकप हेर्न रातभर बस्दा, स्न्याक्स खाँदा के कुरामा सतर्कता अपनाउने ?

विश्वकप हेर्न रातभर बस्दा, स्न्याक्स खाँदा के कुरामा सतर्कता अपनाउने ?

घाममा बसेर जुरुक्क उठ्दा किन चक्कर लाग्छ ?

घाममा बसेर जुरुक्क उठ्दा किन चक्कर लाग्छ ?

ब्रोंकाइटिस र निमोनिया, यी दुईमा के फरक छ ?

ब्रोंकाइटिस र निमोनिया, यी दुईमा के फरक छ ?

ट्रमा सोसाइटी अफ नेपाल गठन, अध्यक्षमा डा. प्रमोद लामिछाने

ट्रमा सोसाइटी अफ नेपाल गठन, अध्यक्षमा डा. प्रमोद लामिछाने