+

क्यान्सर भए-नभएको पत्ता लगाउने विधि स्क्रिनिङ

२०८० असोज  ३ गते १६:४० २०८० असोज ३ गते १६:४०
क्यान्सर भए-नभएको पत्ता लगाउने विधि स्क्रिनिङ

बदलिंदो जीवनशैलीसँगै पछिल्लो समय क्यान्सरबाट पीडित हुने संख्या पनि बढिरहेको छ । क्यान्सरबाट बच्नका लागि के गर्न सकिन्छ भन्ने विषयमा भने धेरैलाई जानकारी भएको पाइँदैन ।

क्यान्सर सुर्तीजन्य पदार्थको सेवन, धुम्रपान तथा मद्यपान धेरै गर्ने व्यक्तिलाई क्यान्सरको जोखिम धेरै हुन्छ । तर यी कुरा नखानेलाई पनि क्यान्सर हुन सक्छ । प्रदूषित वातावरण, वंशाणुगत कारणले पनि क्यान्सर हुने गरेको छ । क्यान्सर भए नभएको थाहा पाउन स्क्रिनिङ गरेर हेरिन्छ ।

स्किनिङ भनेको के हो ?

क्यान्सरको लक्षणबिना नै गरिने जाँचलाई स्किनिङ भनिन्छ । यो सबैले गर्न मिल्छ तर निश्चित उमेर, लिंग, समूह र जोखिमअनुसार हरेकको जाँच भने छुट्टाछुट्टै हुन्छ । यो क्यान्सर लाग्न नदिन भन्दा पनि क्यान्सर भइसकेपछि सुरुमा नै थाहा पाउने प्रक्रिया हो ।

किन गर्नुपर्छ ?

स्किनिङ गर्दा क्यान्सर सुरुवाती चरणमै थाहा पाउन सकिन्छ । सुरुवाती अवस्थामा भए उपचार पनि सम्भवन हुन्छ । अन्तिम चरणमा थाहा पाएको अवस्थामा बिरामीलाई बचाउन गाह्रो हुन्छ । धेरैजसो बिरामी दोस्रो र अन्तिम चरणमा अस्पताल पुग्ने गर्छन्, जसले रोग निको पार्न गाह्रो हुन्छ ।

कुनकुन क्यान्सरमा गर्न सकिन्छ स्क्रिनिङ ?

नेपालमा धेरै देखिने महिलामा हुने स्तन क्यान्सर, पाठघरको क्यान्सर, पुरुषमा हुने आन्द्रा र प्रोस्टेट क्यान्सर सुरुवाती चरणमै पत्ता लगाउन स्क्रिनिङले सहयोग गर्छ ।

क्यान्सर आजको भोलि भइहाल्ने रोग होइन । जस्तै, महिलामा हुने पाठेघरको क्यान्सर हुने वा भइरहेको छ भने त्यसको प्रक्रिया केही वर्ष पहिलेदेखि नै सुरु भएको हुन्छ । क्यान्सर भएमा स्वस्थ पाठेघर भन्दा केही परिवर्तन देखिएको हुन्छ । त्यो बेलामा जाँच गर्नुलाई स्किनिङ भनिन्छ । यस्तो बेला जाँच गर्न सके पाठेघर नै फाल्नुपर्ने अवस्था हुँदैन । त्यसैले महिलाको हकमा ४० वर्ष कटिसकेकाले हरेक वर्ष मेमोग्राम भन्ने जाँच गर्न सकिन्छ । यसबाट सुरुमै रोग पत्ता लगाएर उपचार गर्न सकिन्छ ।

त्यस्तै पाठेघरको मुखको क्यान्सरको बढी देखिन्छ । जुन एचपीभी भाइरसको संक्रमणका कारण हुन्छ । यसबाट बच्न पीपीभी खोप पनि लगाउन सकिन्छ । खोप लगाएको छैन भने विवाहित वा शारीरिक सम्पर्क राखेका महिलाले एक वर्षभित्र शारीरिक जाँच गराउनुपर्छ । त्यसपछि हरेक तीन-तीन वर्षमा पाठेघरको जाँच गराइराख्नुपर्छ । यसले पाठेघरको स्थिति थाहा पाउन सकिन्छ ।

नेपालमा धेरै देखिने क्यान्सरमा महिलामा हुने स्तन क्यान्सर पनि हो । यो जटिल अवस्थामा पुगेमा स्तन नै काटेर फाल्नुपर्ने अवस्था आउँछ । त्यसैले यस्तो हुन नदिन सकेसम्म वर्षमा एकचोटि स्तनमा गिर्खा गिर्खा आएको छ कि छैन भनेर जाँच गराउन सकिन्छ । यदि छ भने त्यही अनुसार चिकित्सकको निगरानीमा जाँच गराउन सकिन्छ । सुरुवाती चरणमा छ भने सामान्य शल्यक्रिया गरेर गिर्खा काटेर निकाल्न सकिन्छ ।

सुर्तीजन्य पदार्थ, धुम्रपान र मद्यपान सेवन गर्ने व्यक्तिले सकेसम्म प्रत्येक वर्ष छातीको एक्सरे गराउन सकिन्छ । यसले फोक्सोको अवस्था के छ भनेर हेर्न सकिन्छ । त्यस्तै १० वर्ष धुम्रपान निरन्तर गरेको अवस्थामा धुम्रपान लो डोज सिटी स्क्यान गराउन सकिन्छ । यसले फोक्सोमा क्यान्सरको वृद्धि भइरहेको छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ । ७० वर्ष नाघिसकेको पुरुषको हकमा पोस्टेटको जाँच गराउनुपर्छ । किनकि पोस्टेटको क्यान्सर हुने जोखिम हुन्छ ।

मद्यपान गर्नेले हरेक वर्ष भिडियो एक्सरे गर्न सकिन्छ । यसले मिर्गौलामा केही खराबी छ कि छैन भनेर थाहा पाउन सकिन्छ । यी कुरा स्क्रिनिङ गरेर जाँच गरेमा क्यान्सर भएको भए पनि छिटो पत्ता लागेर उपचारमा सहज हुन्छ ।

(क्यान्सररोग विशेषज्ञ डा. चालिसे भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

तस्वीर, भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

क्यान्सर स्क्रिनिङ डा. उज्ज्वल चालिसे स्वास्थ्य
लेखक
डा. उज्ज्वल चालिसे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय