+
+

बाराको पचरौतामा दुई दिनभित्रै २ जनाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते ९:०१

१० असोज, जनकपुरधाम । बाराको नेपाल भारत सीमा क्षेत्र पचरौता नगरपालिकामा दुईदिन भित्रै दुईजनाको हत्या भएको छ ।

मंगलबार साँझ भारतको मोतिहारी, दर्पा थाना–१ , सुक्लहिया गाँउका २२ वर्षीय अजितकुमार सिंहको गोली दागेर हत्या भएको छ ।

साँझ सवा ६ बजे दशगजा क्षेत्र पचरौता नगरपालिका ६ लक्ष्मिनिया नजिक सिंहलाई दुईवटा मोटरसाइकलमा आएका चारजना युवकको समूहले गोली प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बाराका प्रहरी प्रवक्ता डिएसपी दवीराम न्यौपानेका अनुसार मृतक अजितकुमार सिंहसँगै भारतको मोतिहारी जिल्ला, दर्पा थाना-१ सुक्लहिया बस्ने २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चञ्चल पाञ्डे, २२ वर्षीय मनिषकुमार सहनी र २० वर्षीय कामेश्वर सहनी दुईवटा अनटेस्ट मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए । घट्नास्थलबाट एक थान गोली र एक थान गोलीको खोका बरामद भएको छ ।

एउटै मोटरसाइकलमा पछाडि बसेका सुजितकुमार सिंहले अजितलाई पछाडिबाट गोली प्रहार गरी हत्या गरेर पुनः भारततर्फ भागेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीले जनाएको छ ।

घट्नास्थलको प्रारम्भिक अनुसन्धान गरी शव पोष्टमार्टमको लागि नारायणी अस्पताल विरगञ्ज पठाइएको र अन्य अनुसन्धानको कार्य भइरहेको डिएसपी न्यौपानेले बताए ।

गत आइतबार राति मात्रै बाराको पचरौता नगरपालिका १ सीमा नजिकै धारिलो हतियार प्रहार गरी पूर्वसशस्त्र प्रहरी जवानको हत्या भएको थियो ।

पूर्वप्रहरी ३४ वर्षीय अमरेशकुमार सिंहको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला परेको थियो । त्यस घटनमा संलग्न हुन सक्ने आशंकामा चारजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको डिएसपी न्यौपानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?