
११ असोज, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका ब्याटर भीम सार्कीलाई फिनिक्स कलेज अफ म्यानेजमेन्टले स्नातक अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
भीमलाई बीबीए अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने कलेजले घाोषणा गरेको छ ।
कलेजका निर्देशक अविनाश अधिकारीले भीमलाई कलेजमा भर्ना दिन पाउँदा आफूहरु निकै गौरान्वित भएको बताएका छन् ।
एक दिवसीय क्रिकेटमा आफ्नो ब्याटिङबाट राम्रो छाप बनाएका भीमको खेल र समाज दुवै क्षेत्रमा योगदान रहेको भन्दै कलेजले उनको उपलब्धीमा सहकार्य गर्न तयार भएको बताएको छ ।
नेपालका लागि २०२२ यता राष्ट्रिय क्रिकेट टिमको महत्वपूर्ण खेलाडी रहि आएका भिमले नेपालका लागि १८ एकदिवसीय र २ टी-२० खेलेका छन् ।
यसअघि यस कलेजमा राष्ट्रिय क्रिकेट टिमका खेलाडी ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङले छात्रवृत्तीसहित पढाइ सकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4