११ असार, काठमाडौं । क्यानडा पहिलोपटक फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डसँग पराजित भएपनि घरेलु टोली विश्वकपको नकआउटमा प्रवेश गरेको हो ।
समूह ‘बी’ बाट स्विट्जरल्यान्ड विजेता बन्दा क्यानडा उपविजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडासँग समान अंक भएको बोस्निया एन्ड हर्जगोभिना गोलअन्तरको आधारमा तेस्रो स्थानमा रह्यो । बोस्निया एन्ड हर्जगोभिनाको पनि नकआउट चरणमा पुग्ने सम्भावना भने कायमै छ ।
सन् १९८६ र २०२२ मा विश्वकप खेलेको क्यानडा समूह चरणबाटै बाहिरिएको थियो । यसपटक घरेलु मैदानमा नकआउट चरणमा स्थान पक्का गरेको हो । क्यानडा जारी विश्वकपको सहआयोजक हो ।
योसँगै तीनवटै सहआयोजक नकआउट चरणमा प्रवेश गरेका छन् । अमेरिका र मेक्सिकोले यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेका थिए ।
प्रतिक्रिया 4