+

स्विट्जरल्यान्ड समूह ‘बी’को विजेता बन्दै नकआउट चरणमा प्रवेश

२०८३ असार  ११ गते २:४१ २०८३ असार ११ गते २:४१

स्विट्जरल्यान्ड समूह ‘बी’ को समूह विजेता बन्दै फिफा विश्वकप २०२६ नकआउट चरणमा प्रवेश गरेको छ ।

११ असार, काठमाडौं । स्विट्जरल्यान्ड समूह ‘बी’ को समूह विजेता बन्दै फिफा विश्वकप २०२६ नकआउट चरणमा प्रवेश गरेको छ ।

क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई २-१  गोलअन्तरले हराउँदै स्विट्जरल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

स्विट्जरल्यान्डले ३ खेलबाट ७ अंक जोड्यो ।

पराजित भएको क्यानडा पनि समूह ‘बी’को दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ ।

बोस्निया एन्ड हर्जगोभिनासँग ४–४ अंक बराबरी भएपनि गोलअन्तरका आधारमा क्यानडा अघि बढेको हो ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय