+
फिफा विश्वकप :

कतारलाई हराउँदै बोस्निया एन्ड हर्जगोभिना नकआउट चरण नजिक

२०८३ असार  ११ गते २:४८ २०८३ असार ११ गते २:४८

बिहीबार भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई ३–१ गोलको अन्तरले जित निकालेको हो ।

११ असार, काठमाडौं । कतारलाई हराएपनि बोस्निया एन्ड हर्जगोभिना समूह ‘बी’को शीर्ष २ मा पर्न सकेन । यद्यपि तेस्रो टोली बनेर नकआउटमा जाने सम्भावना भने उसको बढी देखिएको छ ।

बिहीबार भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई ३–१ गोलको अन्तरले जित निकालेको हो ।

बोस्निया एन्ड हर्जगोभिनाले ३ खेलमा १ जित र १ बराबरीसहित ४ अंक जोडेको छ ।

हरेक समूहका शीर्ष २ बाहेक तेस्रो हुने ८ उत्कृष्ट टोली पनि अगाडि बढ्ने प्रावधान छ ।

यस समूहबाट स्विट्जरल्यान्ड र क्यानडा नकआउटमा प्रवेश गरिसकेका छन् ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय