+

कतारविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाको तेस्रो गोल

२०८३ असार  ११ गते २:३२ २०८३ असार ११ गते २:३२

८० औं मिनेटमा बोस्निया एन्ड हर्जगोभिनाका एर्मिन महमिकले गोल प्रहार गरेका हुन् । यो सँगै कतारसँग बोस्निया एन्ड हर्जगोभिनाले ३–१ ले अग्रता लिएको छ ।

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा कतारविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाले तेस्रो गोल प्रहार गरेको छ ।

८० औं मिनेटमा बोस्निया एन्ड हर्जगोभिनाका एर्मिन महमिकले गोल प्रहार गरेका हुन् । यो सँगै कतारसँग बोस्निया एन्ड हर्जगोभिनाले ३–१ ले अग्रता लिएको छ ।

यसअघि खेलको २९ औं मिनेटमा बोस्निया एन्ड हर्जगोभिनाका करिम अलाजबेगोभिकले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि ३४ औं मिनेटमा कतारका सुल्तान अलब्रेकले आत्मघाती गोल गर्दा बोस्निया एन्ड हर्जगोभिनालाई २–० को अग्रता कायम भयो ।

त्यसपछि कतारका हसन अल्हाएदोसले ४२ औं मिनेटमा एक गोल प्रहार गरेर खेललाई २–१ को अवस्थामा पुर्‍याएका थिए ।

अहिले ८० औं मिनेटको गोलले खेल ३–१ को स्थितिमा पुगेको छ ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय