+
+

प्रहरीसँग अनमोलले भने- १० लाख फिर्ता लैजानूस भन्दा पनि निर्माता मानेनन्

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १४:५०

काठमाडौ । फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका अभिनेता अनमोल केसीले आफ्नो खातामा पठाएको १० लाख रुपैयाँ फिर्ता लैजान आग्रह गर्दा पनि निर्माताले नमानेको बताएका छन् ।

प्रहरीसँगको सोधपुछमा अनमोलले स्क्रिप्ट मन नपरेपछि आफूले खेल्न अस्वीकार गरेको समेत बताए । ‘निर्माताले १० लाख रुपैयाँ मेरो खातामा हालिदिएको हो । मैले फिर्ता लैजानूसभन्दा पनि उहाँहरुले मान्नुभएन’ अनमोलको भनाई उध्दृत गर्दै अनुसन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरसँग भने ।

ती अधिकृतका अनुसार निर्माता कम्पनी सुदर्शन थापा प्रोडक्सनले भने अनमोलबाट १ करोड ५ लाख रुपैयाँ दाबी गरेको छ । उसले प्राविधिक लगायतका अन्य पक्षमा उक्त रकम खर्च भैसकेको जनाएको छ । ‘दुई पक्षबीच सम्झौता पत्र पनि देखिएको छैन’ ती अधिकृतले भने ।

शुक्रबार पक्राउ परेका अनमोललाई प्रहरीले चिरायु अस्पतालबाट आइतबार दिउँसो महानगरीय प्रहरी परिसरमा लगेको थियो । अनमोललाई आइतबार जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

सुदर्शन थापा प्रोडक्सनको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध आपराधिक विश्वासघातको उजुरी दर्ता गराएकी थिइन् । जसअनुसार प्रहरीले शुक्रबार साँगाबाट अनमोललाई पक्राउ गरेको थियो । सोही दिन राती छातीमा समस्या आएको भन्दै अनमोल महाराजगंजस्थित चिरायू अस्पतालमा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?