१९ असोज, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानसँगको खेल जित्न नेदरल्यान्ड्सले २८७ रनको लक्ष्य पाएको छ ।
हैदरावादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा अलआउट हुँदै २८६ रन बनाएको हो ।
टिमको स्कोर ३८ रन हुँदा सुरुवाती ३ विकेट गुमाएको पाकिस्तानलाई उकास्न चौथो विकेटका लागि मोहम्मद रिज्वान र साउद शकिलले १२० रनको साझेदारी गरे । उनीहरु दुवैले समान ६८ रन बनाए । मोहमद नवाजले ३८ र साबाद खानले ३२ रन बनाए ।
नेदरल्यान्ड्सका लागि भने बास डि लिडेले सर्वाधिक ४ विकेट लिए । उनले ९ ओभर बलिङ गर्दै ६२ रन खर्चेका हुन्् । कोलिन अक्रमानले २ विकेट लिए ।
पाकिस्तानले एक पटक विश्वकप जितेको छ । भने नेदरल्यान्ड्सले पाँचौं पटक विश्वकप खेल्दैछ ।
 
                    










 २०८० असोज  १९ गते १८:२२
                        २०८० असोज  १९ गते १८:२२                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4