
२२ असोज, काठमाडौं । काठमाडौं–२८ स्थित लक्ष्मी चाट हाउसमा काम गर्ने एक जना कर्मचारी मृत भेटिएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, दोलखाको चरिकोट घर भएका ६२ वर्षीय श्याम बुढाथोकी आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् ।
सोमबार सुतेकै ठाउँमा मृत भेटिएपछि प्रहरीलाई खबर भएको थियो । लगत्तै पुगेको टोलीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4