+
+

अब यी आइफोन र एन्ड्रोइड फोनमा चल्नेछैन ह्वाट्सएप

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ११ गते ११:५२

मेटा कम्पनीको स्वामित्वमा रहेको मेसेजिङ एप ह्वाट्सएपले विभिन्न पुराना मोडेलका आइफोन तथा एन्ड्रोइड फोनमा सपोर्ट बन्द गरेको छ ।

यही अक्टोबर २४ देखि लागूहुनेगरी एन्ड्रोइड ४.४ किटक्याट र त्यसभन्दा पुरानो अपरेटिङ सिस्टम भएका एन्ड्रोइड फोनका साथै आईओएस १० र आईओएस ११ मा चल्ने आइफोनमा ह्वाट्सएपको सपोर्ट बन्द गरिएको हो । योसँगै अब पुरानो अपरेटिङ सिस्टम भएका एन्ड्रोइड फोन तथा आइफोनमा ह्वाट्सएप चल्ने छैन ।

ह्वाट्सएपका अनुसार पछिल्ला अपरेटिङ सिस्टममा ध्यान केन्द्रित गर्नका लागि पुराना अपरेटिङ सिस्टममा सपोर्ट बन्द गरिएको हो ।

ह्वाट्सएपको आधिकारिक ब्लग पोस्टमा लेखिएको छ- केमा सपोर्ट बन्द गर्नुपर्छ भन्ने कुरा छनोट गर्नका लागि हरेक वर्ष हामीले अन्य प्रविधि कम्पनीहरुले जस्तै कुन डिभाइस र सफ्टवेयर पुरानो हो र सबैभन्दा कम मानिसहरुले त्यसको प्रयोग गरिरहेका छन् भन्ने कुरा हेर्दछौँ । ती डिभाइसमा सबैभन्दा पछिल्लो तथा अद्यावधिक सुरक्षा अपडेट नहुनुका साथै ह्वाट्सएप चलाउनका लागि आवश्यक कार्यक्षमताको पनि अभाव छ ।

स्मरण रहोस् डिभाइसको अद्यावधिक अपरेटिङ सिस्टमलाई उत्कृष्ट बनाउनका लागि मेटाले ह्वाट्सएपलाई नियमित रुपमा अपडेट गर्ने गरेको छ । जसमा मल्टी अकाउन्ट स्विचिङ तथा अतिरिक्त सुरक्षा उपायहरु जस्ता विभिन्न नयाँ फिचर्स सामेल गरिएको छ ।

मेटाले प्रयोगकर्ताहरुलाई यी नयाँ फिचर्स तथा सुरक्षा सुधारहरु प्राप्त गर्नका लागि नियमित रुपमा ह्वाट्सएपलाई अपडेट गर्नका लागि प्रोत्साहित गर्दछ ।

ह्वाट्सएप अपडेट नगर्ने प्रयोगकर्ताहरुले विभिन्न खाले साइबर जोखिमहरुको सामना गर्नु पर्नाका साथै नयाँ सुविधाहरुबाट समेत बञ्चित हुने जोखिम रहन्छ ।

ह्वाट्सएपका अनुसार अक्टोबर २४ देखि सपोर्ट बन्द भएका स्मार्टफोनको सूची यस्तो छ :

  • Samsung Galaxy S2
  • Nexus 7
  • iPhone 5
  • iPhone 5c
  • Archos 53 Platinum
  • Grand S “lex ZTE
  • Grand X Quad V987 ZTE
  • HTC Desire 500
  • Huawei Ascend D
  • Huawei Ascend D1
  • HTC One
  • Sony Xperia Z
  • LG Optimus G Pro
  • Samsung Galaxy Nexus
  • HTC Sensation
  • Motorola Droid Razr
  • Sony Xperia S2
  • Motorola Xoom
  • Samsung Galaxy Tab 10.1
  • Asus Eee Pad Transformer
  • Acer Iconia Tab A5003
  • Samsung Galaxy S
  • HTC Desire HD
  • LG Optimus 2X
  • Sony Experia Arc 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?