+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सामाखुशीबाट ८ जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १६:५१

१४ कात्तिक, काठमाडौं । काठमाडौं–२६, सामाखुशी टाउन प्लानिङबाट प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

स्थानीय अप्सरा मल्लको घरको माथिल्लो तलामा जुवा तास खेलाइरहेको सूचनाको आधारमा महाराजगञ्जका डीएसपी अमरबहादुर थापाको नेतृत्वमा गएको टोलीले जुवाडेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा म्यादीका ५६ वर्षीया यमकुमारी पुन, धादिङका २८ वर्षीय राज घले, ३५ वर्षीय ढलबहादुर घले, लम्जुङका ३० वर्षीय मिलन घर्ती मगर, सामाखुशीकी ३४ वर्षीया सबिना खड्का, गोरखाका ३७ वर्षीय सोमप्रसाद गुरुङ, काठमाडौंका ४२ वर्षीय रुपचन्द्र श्रेष्ठ र ४० वर्षीया राजु हिराचन छन् ।

उनीहरुको साथबाट एक लाख ९९ हजार रुपैयाँ नगद र ३ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?