+
+

त्रिवि मैदानमा फ्लडलाइट जडान गर्न २७ करोड ४० लाखको ठेक्का

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १८:०६

२१ कात्तिक, काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा फ्लड लाइट जडान गर्नका लागि २७ करोड ४० लाख रुपैयाँमा ठेक्का लागेको छ ।

सिनामंगलको एमएसआईपीएल-एएससी पावर जेभीले फ्लडलाइट जडानको लागि ठेक्का पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

२७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा फ्लडलाइट जडानका लागि बोलपत्र प्रस्ताव गरेको उक्त कम्पनी छनोट भएको राखेपका एक अधिकारीले जानकारी दिए ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो एक वर्षभित्र लगातार सफलता हासिल गरेपछि त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्नुपर्ने माग विभिन्न क्षेत्रबाट भएको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता कायम राख्नुका साथै विश्वकप छनोटमा स्थान बनाएपछि नेपाल सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान प्रक्रिया अघि बढाउने घोषणा गरेको थियो ।

त्यसपछि राष्ट्रिय खेलकुद परिषदले फ्लड लाइट जडान गर्नका लागि दुई पटक टेन्डर आह्वान गरेपनि कुनै पनि कम्पनीले ठेक्का पाएको थिएन ।

फ्लडलाइट जडान भएपछि त्रिवि मैदानमा रातिको समयमा पनि खेल खेलाउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?