+
+

नेपाली श्रमिक लगेर काम नदिने साउदी कम्पनी कालोसूचीमा, म्यानपावर निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २६ गते १५:५५

२६ कात्तिक, काठमाडौं । नेपाली कामदार लगेर काम नदिई राख्ने साउदी अरेबियाको एक कम्पनीलाई नेपाल सरकारले कालोसूचीमा राखेको छ ।

वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालका अनुसार ‘अब्दुल्ला बिन इशा बिन हमद अल अविदान जनरल कन्ट्राक्टिङ इस्ट कम्पनीलाई सरकारले कालोसूचीमा राखेको हो । सो कम्पनीले नेपालबाट श्रम नियम पूरा गरी २०÷२५ जना नेपाली कामदार लगेको तर तलव सुविधा नदिई लामो समयसम्म एउटै कोठामा राखेको पाइएको थियो ।

यी कामदारलाई साउदी अरेयिबा पठाउने म्यानपावर कम्पनी दैलेख ओभरसिज प्रालिको इजाजत समेत निलम्बनमा राखेको निर्देशक भुसालले जानकारी दिए ।

उनका अनुसार सो म्यानपावरबाट साउदी गएका कामदारले २ महिनादेखि अहिलेसम्म काम, तलव र अन्य सेवा सुविधा नपाएको भन्दै नेपाल फिर्ता गराउन माग गरेका थिए ।

त्यसपछि विभागका महानिर्देशक र साउदी अरेबियास्थित नेपाली दूतावासका कर्मचारीले स्थलगत अनुगमन गरेका थिए । सो क्रममा कामदारलाई एउटै कोठामा राखेको, काम नदिएको, खान बस्न र तलव सुविधा नदिएको र केही कामदार बिरामी परेको समेत पाइएको थियो ।

त्यसपछि विभागले उक्त कम्पनी सञ्चालकलाई अबिलम्ब समस्या समाधान गर्न निर्देशन दिँदै कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?