२७ कात्तिक, काठमाडौं । मोर्ने मोर्केलले पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमको तिव्र गतिको बलिङ प्रशिक्षकबाट राजीनामा दिएका छन् ।
उनले आफ्नो सम्झौता सकिनु एक महिनाअघि राजीनामा दिएका हुन् ।
भारतमा जारी विश्वकप क्रिकेटमा पाकिस्तान समूहमा पाँचौं स्थानमा रहँदै घर फर्किएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले सोमबार एउटा विज्ञप्ति नकिल्दै मोर्केलले विश्वकपबाट पाकिस्तान बाहिरिए लगत्तै राजीनामा दिएको जानकारी दिएको छ ।
मोर्केल गत जुनमा पाकिस्तानी क्रिकेट टिमको बलिङ प्रशिक्षक बनेका थिए ।
प्रतिक्रिया 4