
३ मंसिर, काठमाडौं । ग्लोबल आईएमई बैंकले मंसिर २८ गतेका लागि सााधारणसभा बोलाएको छ ।
गत आर्थिक वर्षको नाफाबाट वितरण हुने लाभांश तथा वित्तीय विवरण पारित गर्न बैंकले सार्वजनिक सूचनामार्फत साधारणसभा बोलाएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने साधारणसभाले घोषित चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश तथा १ प्रतिशत बोनस सेयर पारित गर्नेछ । सो लाभांश पारित भएपछि मात्रै सेयर लगानीकर्ताले पाउने छन् ।
यस्तै यो साधारणसभामा संस्थापक समूहबाट तीन जना र सर्वसाधारण सेयरधनी समूहबाट तीन जना गरी ६ जना संचालकहरु चयन गर्नका लागि निर्वाचन समेत हुनेछ ।
सञ्चालकहरुले बैठक भत्तावापत पाउने सेवासुविधा पनि वृद्धि गरिने बैंकले जनाएको छ । साधारणसभाका लागि कम्पनीले मंसिर १३ गते सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने जनाएको छ । यसको अर्थ कम्पनीको लाभांश पाउनका लागि सोको अघिल्लो दिन मंसिर १२ गतेसम्म कायम रहेका सेयरधनी मात्रै हकदार हुनेछन् ।
मंसिर १२ गतेसम्म सेयर कायम रहेका सेयरधनी साधारणसभामा सहभागी हुन सक्नेछन् ।
प्रतिक्रिया 4