+
+

नेपाली मुद्रा लगातार कमजोर बन्दै, अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते ११:५३

६ मंसिर काठमाडौं । अमेरीकी डलरको मूल्य नयाँ उचाइमा पुगेको छ । नेपाली र भारतीय मुद्राको स्थिर विनियम दर र भारतीय मुद्रा डलरसँग लगातार कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ पनि कमजोर बन्दै गएको हो ।

बुधबार १ अमेरीकी डलरको बिक्री मूल्यमा १३३ रुपैयाँ ६८ पैसा पुगेको छ । मंगलबार १३३ रुपैयाँ ६५ पैसामा कारोबार भएकोमा बुधबार डलरसँग नेपाली रुपैयाँ थप कमजोर भएको हो ।

शनिबार, आइतबार र सोमबार लगातार तीन दिन डलरको बिक्री मूल्य १३३ रुपैयाँ ५४ पैसा थियो । २५ देखि २७ कात्तिकसम्म लगातार तीन दिन १३३ रुपैयाँ ६५ पैसामा कारोबार भएको डलर त्यसपछि केही घटेको थियो । मंगलबार पुन सोही मूल्यमा कारोबारमा भएकोमा बुधबार बढेर नयाँ उचाइमा पुगेको हो ।

विश्व अर्थतन्त्रमा अनिश्चितता कायमै छ । उच्च मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरीका केन्द्रीय बैंकले ब्याजदर माथि लगेका छन् । त्यसमा अमेरीकी केन्द्रीय बैंक पनि रहेको छ । ब्याजदर उच्च हुँदा समेत अमेरीकी अर्थतन्त्र बलियो बन्दै जाँदा अमेरीकी डलर लगातार बलियो बन्दै गएको छ ।

डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुने र आयातमा आधारित अर्थतन्त्रमा डलरमा नै भुक्तानी गर्नुपर्दा उच्च महँगी खेपीरहेका नेपालीहरुलाई मुद्रास्फीतिको थप चाप पर्ने अवस्था हुन्छ । डलरको मूल्य बढी हुँदा इन्धन आयातको लागतसमेत बढी हुन्छ ।

डलरको मूल्य बढ्दा अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै प्रभाव  भाव पर्ने नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् । ‘निर्यात गर्नसक्ने अवस्थामा डलरको मूलय बढ्दा त्यसले फाइदा नै गर्छ । तर, आयातमा आयात उच्च रहेको हाम्रो अर्थतन्त्रमा मुद्रास्फीतको चाप पहिले नै रहेको छ । यस्तोमा आयातित बस्तुको मूल्य बढ्दा मुद्रास्फीतिको चाप पर्न जान्छ,’ उनले भने, ‘पर्यटनलगायत सेवाको क्षेत्रको आम्दानीमा उनीहरुले सस्तो महसुस गर्दा सकारात्मक प्रभाव पर्न सक्छ । रेमिट्यान्समा वृद्धि हुन सक्छ।’

नेपाली रुपैयाँ कमजोर हुँदा सरकोको बाह्य ऋणको दायित्व भने बढेर जाने उनतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?