+
+

विवाहमा सहभागि हुन प्रेमीसहित नेपाल आइपुगिन् अभिनेत्री प्रजक्ता कोली

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १० गते १३:०८

काठमाडौं । बलिउड अभिनेत्री तथा चर्चित युट्युबर प्रजक्ता कोली विवाह समारोहमा सहभागि हुनका लागि नेपाल आएकी छिन् । गत असोजमा उनले नेपाली प्रेमी वृशांक खनालसँग इन्गेजमेन्ट गरेकी थिइन् । तर, कोली आफ्नो वा आफन्त कसको विवाहका लागि नेपाल आएकी हुन् जनाइएको छैन ।

प्रजक्ताले शनिबार चन्द्रागिरी रिसोर्टबाट सारी पहिरिएको तस्वीर पोस्ट गर्दै त्यस्तो चिसो नभएको बताएकी थिइन् । उनीहरु केही दिनअघि मुम्बईबाट आएका हुन् ।

१२ वर्ष प्रेम सम्बन्धमा रहेका उनीहरुले सामाजिक सञ्जालबाट इन्गेजमेन्ट घोषणा गरेका थिए । घर नेपाल भए पनि उनीहरु पछिल्लो समय अमेरिकामा रहँदै आएका थिए । मुम्बईमा रहँदा आफूहरु प्रेम सम्बन्धमा रहेको उनीहरुले जनाएका थिए ।

भारतमा ‘मस्टली सेन’ नामक युट्युबरको रुपमा चर्चित कोलीले यस वर्ष रिलिज भएको हिन्दी फिल्म ‘जुगजुग जियो’मा अभिनेता वरुण धवनकी बहिनीको भूमिका निर्वाह गरेकी छन् । यो फिल्म नेपालमा समेत राम्रै चलेको थियो । प्रजक्ताले ‘जुगजुग जियो’बाहेक विद्या बालन स्टारर ‘नियत’ र अर्को फिल्म ‘मिसम्याच्ड’मा पनि अभिनय गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?