+

मेरुदण्डको उपचारमा ढिलाइ भए प्यारालाइसिस हुन सक्छ

२०८० मंसिर  १२ गते १३:१३ २०८० मंसिर १२ गते १३:१३
मेरुदण्डको उपचारमा ढिलाइ भए प्यारालाइसिस हुन सक्छ

मेरुदण्ड ३३वटा हाडिहरु मिलेर बनेको हुन्छ । जसले शरीरको पुरा संरचनालाइ सहयता दिन्छ । मेरुदण्ड हड्डीहरुको लामो स्तम्भ जसरी शरीरमा बसेको हुन्छ । जुन घाँटीदेखि तल्लो कम्मरसम्म फैलिएको छ । यो आफैमा एउटा खम्बा हो । किनभने मेरुदण्डले शरीरको बनावटलाइ सन्तुलन राख्छ । जसकारण हामि सहजै मेरुदण्डको साहयताले बस्न, उभिन, हिड्डुल गर्न सक्छौं  । मेरुदण्डले टाउको र शरीरको भारलाइ बहन समेत गर्छ ।

मेरुदण्डको शरीरमा धेरै ठूलो भूमिका हुन्छ । मेरुदण्डले शरीरलाई आकार दिन्छ । शरीरमा लचकता दिएर चलायमान बनाउछ । स्पाइनल कर्ड दिमागबाट निस्कने नसाहरुको झुण्ड हो । जसले शरीरको विभिन्न भागलाई जोड्छ । सो स्पाइनल कर्डलाई सुरक्षा दिने र नसालाई दिमागबाट ल्याउने र दिमागमा लैजाने काम मेरुदण्डको हो ।

शरीरमा मांसपेशी, तन्तु, फोक्सो, मुटु जस्ता अंग मेरुदण्डको वरपर टाँसिएर बसेका हुन्छन् ।

मेरुदण्डमा देखिन सक्ने समस्या

जन्मजात समस्या

जन्मजात समस्या हँदा जन्मिदै मेरुदण्डको बनावट बिग्रन सक्छ जसलाइ कन्जनाइटन डिफरमिटी भनिन्छ । नसालाइ हडडीहरुले सुरक्षा दिएको हुन्छ । कसैमा भने हडडीको कुनै एक भाग नजोडिएर खाली हुन्छ । खाली भएको भागबाट नसा निस्किएर छालामा आएर टासिन्छ । यस्तो अवस्थामा बच्चाको ढाडमा डल्लो देखापर्छ । जुन स्पाइनल डिसराफिजम समस्या हो ।

चोटपटक

कुनै पनि सडक दुघर्टना, लड्दा वा मारपिटको कारण स्पाइनल कर्डमा चोटपटक तथा भाँचिन सक्ने सम्भावना हुन्छ । पछिल्लो समय मेरुदण्डमा चोट लाग्ने एक प्रमुख कारण सडक यातायात दुर्घटना बन्दै गएको छ ।

बढ्दो उमेर

विशेषगरी उमेर जति बढ्दै जान्छ, हड्डी खिइने र कमजोर हुने ओस्टियोपोरोसिसको विशेषगरी ५० वर्ष उमेर पार गरेपछि यो रोगले मानिसलाई सताउँछ । त्यसमध्ये ओस्टियोपोरोसिसको समस्या प्रायः महिनावारी सुकेका महिलामा बढी हुन्छ ।

उमेर बढ्दै गएपछि हड्डी खिइने, मेरुदण्डमा भएका कुरकुरे हड्डी नसामा च्यापिने, मेरुदण्डको र्जोनीहरु ठूलो भएर नसामा निस्कने प्वाल साँघुरो हुँदै जान्छ, जसले नसालाई समेत असर गरिरहेको हुन्छ ।

मेकानकिल ब्याक पेन

वयस्कमा देखिने मेरुदण्डसम्बन्धी मुख्य समस्या ‘मेकानिकल ब्याक पेन’ हो  । यसको मुख्य कारण लामो समयसम्म एकै ठाउँमा गलत तरिकाले बस्नु, निहुरिएर भारी सामान उचाल्नु हो । शरीरको ‘पोस्चर’ नमिल्दा मांसपेशी खुम्चिएर बस्छ, जसले दुखाइ बढ्छ ।

क्यान्सर तथा टयुमर

शरीरको अन्य भागमा भएको क्यान्सर जस्तै, स्तन क्यान्सर, फोक्सो, थाइराइड र प्रोस्टेट जस्ता क्यान्सर पनि पछि फैलिएर मेरुदण्डसम्म पुग्न सक्छ । जुन मेटाटाक्सिस स्पाइनल क्यान्सर हुन सक्छ ।

मेरुदण्डको संक्रमण

शरीरको कुनै पनि भागमा हुने संक्रमण सजिलै मेरुदण्डसम्म फैलिन सक्छ । जस्तैः छातिमा क्षयरोग भएकोलाइ मेरुदण्डको क्षयरोग हुने जोखिम हुन्छ । ढाडको दुखाइसँगै ज्वरो आएमा पनि संक्रमण हुने जोखिम बढ्छ ।

पहिचान तथा उपचार

कुनै व्यक्तिलाई मेरुदण्डमा चोट लागे सबैभन्दा पहिले चोटले नसालाई असर गरेको छ कि छैन भनेर एक्सरे, सिटिस्क्यान, एमआरआई गरेर हेर्नुपर्छ ।

यदि ढाड दुख्ने समस्या छ भने कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ । सामान्य दुखाइ भएमा औषधिको सेवनबाट निको हुन्छ । फिजियोथेरापी गरेर समेत ढाड दुख्ने समस्याबाट राहत पाउन सकिन्छ ।

त्यस्तै, मेरुदण्डमा चोट लागेर हड्डी भाँचिएर सरेमा नसामा चोट लाग्ने सम्भावना हुन्छ । हड्डी सरेको छ भने शल्यक्रिया गरेर किला पाता राखेर त्यसलाई सिधा बनाएर जोडिन्छ । त्यसको लागि आराम गरेर नै हड्डी जोडिन्छ ।

प्यारालाइसिस नै भएको छ भने मेरुदण्डमा चोट लागेर नसामा असर गरेको छ भने शल्यक्रिया गर्नुपर्छ । शल्यक्रियापछि स्पाइनल चोट पुनर्स्थापना प्रशिक्षण पनि दिनुपर्छ ।

समयमा उपचार नभएमा

मेरुदण्डमा समस्या बढ्दै गयो तर समयमा सही उपचार भएन भने प्यारालाइसिस हुने, दिसा-पिसाबमा नियन्त्रण गर्न कठिन हुने, हातखुट्टा कडा हुँदै चलाउन नसक्ने, यौन दुर्बलता जस्ता समस्या देखिन सक्छ ।

कति बेला अस्पताल जाने ?

कुनै पनि किसिमको ढाड दुखाइ र गर्दन दुखाइ तीन साता भन्दा बढी लगातार दुखाइ भएमा, २० वर्षभन्दा कम र ५० वर्षभन्दा बढी उमेर समूहमा ढाड दुखाइ लगातार भएमा, मेरुदण्डमा चोटपटक लागेको हिस्ट्री भएको र ढाड दुखाइ बढ्दै गएमा, स्टोरायड औषधि सेवन गर्नेमा ढाड दुखाइ बढेमा (स्टोरायडले हड्डी नरम भई भाँचिने जोखिम बढाउँछ) ।

ढाड र गर्दन दुखाइ, हातखुट्टा झमझम गर्ने, मलद्वार वरपरको भाग लाटो महसुस हुने, ज्वरो आउने र यौन दुर्बलताको समस्या भएमा पनि तुरुन्त उपचार गर्न आवश्यक हुन्छ । ज्वरोका साथै ढाड दुखाइ र गर्दन दुखाइ संक्रमणले गर्दा हुन सक्छ । छिटो उपचार नभए प्यारालाइसिसको समस्या हुन सक्छ ।

मेरुदण्डला कसरी स्वस्थ राख्ने ?

मेरुदण्डलाई सही पोस्चरमा राख्नुपर्छ । बस्दा जहिले पनि चिउँडोलाई माथि उठाउने र काँधलाई सिधा राख्नुपर्छ । लामो समय एकै ठाउँमा नबस्ने र निहुरिरएर काम गर्नु हुँदैन । चोटपटक लाग्न नदिन सचेत भएर सवारी साधन चलाउने, रुख तथा अन्य अग्लो ठाउँमा चढ्दा ‘सेफ्टी हार्नेस’ लगाउने गर्नुपर्छ ।

सडक दुर्घटना रोक्न सडकको बिस्तार हुनुपर्छ । कुनै मेरुदण्डको समस्या समयमै परामर्श लिनु जरुरी हुन्छ । शरीरमा भिटामिन डीको मात्रा सन्तुलित राख्न घाम ताप्ने, हड्डी बलियो बनाउन भिटामिन डी र सी सप्लिमेन्टहरूको सेवन गर्नुपर्छ ।

वृद्धावस्थामा देखापर्ने मेरुदण्डको समस्याबाट बच्न दैनिक व्यायाम गर्ने, हड्डी बलियो बनाउन क्याल्सियम र प्रोटिनयुक्त खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ ।

डा. प्रकाश पौडेल प्यारालाइसिस मेरुदण्ड
डा. प्रकाश पौडेल
लेखक
डा. प्रकाश पौडेल
कन्सल्टेन्ट न्युरोसर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ८२६९ अध्ययन : एमबीबीएस, न्युरोसर्जरीमा फसीपीपीएस (गोल्ड मेडलिस्ट), क्लिनिकल स्पाइन सर्जरी र न्युरो इन्डोस्कोपिकमा फेलोसिप हाल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मान्छे किन दु:खी हुन्छ ?

मान्छे किन दु:खी हुन्छ ?

शरीरको तौल १२० केजीबाट ६९ मा झार्न सबानाले अपनाएको दैनिकी

शरीरको तौल १२० केजीबाट ६९ मा झार्न सबानाले अपनाएको दैनिकी

छाती दुख्यो : मुटुको समस्या हो कि ग्यास्ट्राइटिस ?

छाती दुख्यो : मुटुको समस्या हो कि ग्यास्ट्राइटिस ?

योगबाट कसरी पूर्ण लाभ लिन सकिन्छ ? (भिडियोसहित)

योगबाट कसरी पूर्ण लाभ लिन सकिन्छ ? (भिडियोसहित)

एकै महिनामा दुईपटक महिनावारी, कुनै रोगको संकेत हो ?

एकै महिनामा दुईपटक महिनावारी, कुनै रोगको संकेत हो ?

किन हुन्छ बारम्बार गर्भपतन ?

किन हुन्छ बारम्बार गर्भपतन ?