+
+

बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेश प्रमुखलाई

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १४:०९

१५ मंसिर, काठमाडौं। बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पाएका छन् ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा चीन भ्रमणमा जाने भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई तोकेका हुन् ।

बागमती प्रदेश प्रमुख शर्मा मंसिर १६ गतेदेखि मंसिर २१ गतेसम्म चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।

बागमती प्रदेश प्रमुखको अनुपस्थितिमा प्रदेश प्रमुखले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी गण्डकी प्रदेश प्रमुख गुरूङलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?