+

आत्मविश्वास पनि उपचार हो ?

२०८० मंसिर  २४ गते १७:२२ २०८० मंसिर २४ गते १७:२२
Shares
आत्मविश्वास पनि उपचार हो ?

मलाई कुनै रोग पो लाग्यो कि ? म कमजोर पो भए कि ? मेरो शरीर ठीक पो छैन कि ?

मान्छेहरु प्राय आफैमाथि आशंका गरिरहेका हुन्छन् । हामीकहाँ एउटा पुरानो भनाई छ, ‘बनको बाघले खाएको छैन, मनको बाघले खान्छ ।’ वास्तवमा हो पनि । हाम्रो मन कति डरपोक छ ।

मनको डरले हामीलाई सताइरहेको हुन्छ । मन नै कमजोर भएपछि शरीर पनि बलियो हुँदैन । किनभने शरीरसँग मनको सम्बन्ध निकै गहिरो हुन्छ । मनमा आउने भाव, आवेगले शरीरमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले त भन्ने गरिन्छ, ‘मन बलियो बनाउनुपर्छ ।’

मन बलियो बनाउने कुरा आत्मविश्वाससँग जोडिएको छ ।

आत्मविश्वास वास्तवमै गजब कुरा हो । यसले मान्छेलाई बलियो बनाउने मात्र होइन यो आफैमा उपचार पनि हो ।

म ठीक छु । मलाई रोग छैन । म रोगलाई जित्छु । यस्ता भावले मान्छेमा आत्मविश्वास पैदा गर्छ । आत्मविश्वासले रोग प्रतिरोधी क्षमता बढाउँछ ।

मानौं कुनै व्यक्तिलाई एउटा रोग लागेको छ । तर, उसले सो रोगलाई सामान्य ठान्छ । म निको हुन्छु भन्ने दृढता राख्छ । औषधि-उपचारले राम्ररी काम गरिरहेको छ भनेर ढुक्क हुन्छ । यस्तो भावले उक्त व्यक्तिको मस्तिष्कमा केही हर्मोन स्राव हुन्छ । जस्तो डोपामाइन, एन्डोर्फिन, अक्सिटोसिन ।

यी त्यही हर्मोन हुन्, जसले मान्छेलाई खुसी, उत्साहित राख्न सहयोग गर्छ । यी हर्मोनले मुटुको गति सामान्य बनाउँछ, रक्त प्रवाह सहज बनाउँछ, निद्रा विथोल्दैन । यसरी मन वा भावनाको कारण शरीरमा जुन प्रभाव पार्छ, त्यसले मान्छेलाई छिटो रोगमुक्त हुन पनि सहयोग गर्छ ।

हामी त शरीरको मात्र कुरा गर्छौं । शरीरमा रोग लाग्यो, शरीरमा पीडा भयो भने शरीरको मात्र उपचार खोजिरहेका हुन्छौं । जबकि समग्र स्वास्थ्यमा शरीरको हिस्सा २५ प्रतिशत मात्र हुन्छ । शरीरलाई स्वस्थ राख्नका लागि बाँकी ७५ प्रतिशत हिस्सा मानसिक र आत्मिक कुराले भूमिका खेल्छ ।

शरीर ठीकठाक हुनु मात्र पूर्ण स्वस्थ्य हुनु होइन । विश्व स्वास्थ्य संगठनले नै भनेको छ, मान्छे समग्रमा स्वस्थ्य हुनका लागि उसकोे शारीरिक, मानसिक, भावनात्मक, आत्मिक स्थिती ठीक हुनुपर्छ । अर्थात् स्वस्थ जीवनको यी चार प्याकेज हुन् ।

शरीरलाई प्रभाव पार्ने मानसिक स्वास्थ्यले हो, मानसिक स्वास्थ्यलाई भावनात्मक स्वास्थ्यले प्रभाव पार्छ र भावनात्मक स्वास्थ्यलाई चेतना स्तरले ।

मान्छेले म रोगी छु, मलाई रोग पो लाग्यो कि भन्ने सोच्छ भने उसको दिमागबाट  कोर्टिसोल भन्ने हर्मोन निस्कन्छ । यसले मान्छेलाई दुखी बनाउँछ, मुटुको गति बढाउँछ, रक्तचाप बढाउँछ, निद्रा लाग्दैन । यी कुराले ऊ शारीरिक रुपमै रोगी हुन पुग्छन् ।

अक्सिटोसिन आत्मविश्वास एन्डोर्फिन डोपामाइन
प्रा. डा. दीपक रेग्मी
लेखक
प्रा. डा. दीपक रेग्मी
वरिष्ठ नाक कान घाँटीरोग शल्यचिकित्सक  

मेडिकल काउन्सिल दर्ता नम्बर : ५५४४ एबीबीएस, एमएस ईएनटी अमृतम गमय आदि ईएनटी केयर, अन्नपूर्ण न्युरो अस्पताल, नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको नाक कान घाँटीरोग विभागमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सेतो कोटको ‘मौन विद्रोह’

सेतो कोटको ‘मौन विद्रोह’

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)