+
+

एनएसएलमा काठमाडौंसँग पोखरा स्तब्ध

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते १८:५६

२६ मंसिर, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा पोखरा थन्डर्स पहिला लिएको अग्रता जोगाउन नसक्दा काठमाडौं रेजर्ससँग पराजित भएको छ ।

यससँगै काठमाडौंले लगातार तीन खेलको जितविहीन यात्रा पनि टुङ्ग्याएको छ । पोखराको चार खेलको अपराजित यात्रा समाप्त भएको छ ।

दशरथ रंथशालामा पोखरालाई २–१ ले हराउँदै काठमाडौं ८ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पोखरा र धनगढी एफसीको पनि समान ८ अंक छ । तर हेड टु हेडमा पोखरा चौथो स्थानमा झरेको छ ।

धनगढीले ४ खेल मात्र खेलेको छ । ५ खेल नै खेलेको ललितपुर सिटी एफसी ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ

काठमाडौंलाई जिताउन शोखरुले इन्जुरी समयमा गोल गरे । उनले पोखराका किपर प्रिसो अघि बढेको अवस्थामा उनलाई बिट गर्दै भलिबल प्रहार गरेको बल गोल भएको हो ।

यसअघि खेलमा ५९ औं मिनेटमा पोखराका मार्की आयुष घलानले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

स्टेफेन कोजो एनोरले हानेको शक्तिशाली प्रहार काठमाडौंका किपर अन्जल श्रेष्ठले बचाउने क्रममा पूर्ण रुपमा रोक्न सकेनन् र रिबाउन्डमा आयुषले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर त्यो अग्रतालाई काठमाडौंले ८३ औं मिनेटमा तोडेको थियो । एनकुनगुए जुनियरले बक्सको एजबाट हानेको प्रहार गोल भएको थियो। पोखराका किपर प्रिसोले बचाउने प्रयास गरे पनि सकेनन् ।

यसअघि ३४ औं र ३५ औं मिनेटमा पोखराले लगातार २ वटा मौका गुमाएको थियो । ३४ ‌‍‍औं मिनेटमा काठमाडौंका आन्द्रेस नियाले बल क्लियर गर्दै संकट टारेका थिए ।

पोखराका मोसेसले हानेको बलमा काठमाडौंका किपर अन्जल श्रेष्ठ बिट भइसकेको अवस्थामा नियाले बल बाहिर फाल्दै बचाए ।

त्यसमा पाएको कर्नरमा पोखराका सुरज ज्यु ठकुरीले हानेको प्रहार मोसेसले दायाँ साइटको ६ यार्ड बक्सबाहिरबाट हेड गरेका थिए । तर काठमाडौंका राजिव लोप्चनले गोल लाइनबाटै हेड गरेर बल क्लियर गरे ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?