+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पक्राउ परे वायुसेवा निगमका अधिकृत

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १६:५३

२६ मंसिर, काठमाडौं । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा नेपाल वायुसेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले अनलाइनखबरलाई बताए । उनले भने, ‘आज थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरेर ल्याएका छौं ।’

भिजिट भिसामा कामदार पठाउने गिरोहबारे अनुसन्धान गर्दै जाँदा वायुसेवा नियमका अधिकृत पोखरेलको पनि संलग्नता खुलेको एसपी रेग्मीले बताए ।

यो प्रकरणमा प्रहरीले यसअघि कन्सल्टेन्सीका सञ्चालक सहित १३ जनालाई पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?