+

चार कारण, जसले गर्दा नाक बन्द भइरहन्छ

२०८० मंसिर  २७ गते १३:२० २०८० मंसिर २७ गते १३:२०
Shares
चार कारण, जसले गर्दा नाक बन्द भइरहन्छ

नाक बन्द भइरहनु सामान्य होइन । यसले नाकभित्र अरु रोग हुनसक्ने संकेत गर्छ ।

सामान्यत रुघा, खोकी, चिसोको एलर्जीले नाक बन्द हुन्छ । यी अस्थायी समस्या हुन्, जो केही दिन वा हप्तामा आफै निको हुन्छ ।

नाक बन्द हुने अर्को स्थायी कारण पनि हुनसक्छ, जसका लागि उपचार नै जरुरी हुनसक्छ । जस्तो कि, नाकको हड्डी बाङ्गो हुनु, नाकभित्र मासु पलाउनु, नाकको क्यान्सर हुनु, एडिनोइड (यो नाकभित्र पछाडि हुने तन्तुको समूह) बढेर ।

यी अवस्थाहरुमा नाक बारम्बार बन्द हुन्छ । सास फेर्न असहज हुन्छ । आखिर किन यो समस्या आउँछ ? यसको मूल कारण कसरी थाहा हुन्छ ? उपचार के गर्नुपर्छ ?

१. नाकको हड्डी बाङ्गो

नाकको दुई वटा प्वाललाई छुट्याउने एउटा पर्खाल हुन्छ, जो कुरकुरे हड्डीले बनेको हुन्छ । बाहिरबाट झट्ट हेर्दा सामान्य देखिएपनि यो खासमा भने बाङ्गोटिङ्गो हुन्छ । यसलाई मेडिकल भाषामा डिभिएटेड नेजल सेप्टम (डिएनएस) भनिन्छ ।

यस्तो समस्या हुनुमा ९० प्रतिशत कारण जन्मजात नै हुन्छ । जस्तो, उल्टो बच्चा जन्मिदा (टाउकोबाट नभई खुट्टातर्फबाट), जन्मदाँ शिशुको नाक थिचिएमा पनि यस्तो हुनसक्छ । त्यसैगरी पछि नाकमा चोटपटक लागेर नाकको हड्डी बाङ्गो हुनसक्छ ।

यसको जोखिम : यदि हड्डी बाङ्गो भएर सास फेर्नदेखि अन्य समस्या भइरहेमा उपचार गराउनुपर्छ । यदि उपचार गरिएन भने यसले मस्तिष्कमा पनि असर गर्न सक्छ ।

के छ उपचार : नाकको हड्डी बाङ्गो हुँदैमा शल्यक्रिया नै गर्नुपर्छ वा उपचार गर्नुपर्छ भन्ने छैन । नाकको हड्डी बाङ्गो भएर पनि त्यसले अरु समस्या ल्याएको छैन भने उपचार गर्नुपर्दैन ।

यद्यपि नाक बन्द भइरहने, पातलो सिँगान बगिरहने, अगाडिको टाउको दुखिरहने, पटक पटक हाँच्छ्यु आइहने, नाकबाट गन्ध हराउने, नाकबाट रगत बग्ने भएमा शल्यक्रिया नै गर्नुपर्छ । यसका लागि औषधिले हुँदैन । सेप्टोप्लाष्टी शल्यक्रियाबाट बाङ्गो हड्डीलाई सोझो बनाइन्छ ।

२. नाकभित्र मासु पलाउने (न्याजल पोलिप)

नाकभित्र मासु पलाएर पनि नाक बन्द भइरहने समस्या हुन्छ । यसलाई सामान्य भाषामा पिनास भनिन्छ । पिनास पनि दुई किसिमको हुन्छ । एउटा मासु पलाएर हुने र अर्को सामान्य कारणले ।

मासु पलाएर हुने पिनासलाई न्याजलपपोलिप भनिन्छ । नाकभित्र मासु पलाएको हो वा होइन भनेर इन्डोस्कोपी गरेर हेर्नुपर्ने हुन्छ । यदि मासु पलाएको छ भने उपचार गर्नुपर्छ ।

यसको जोखिम : नाकभित्र मासु पलाएमा रगत बग्ने, घाउ बन्ने र पाक्ने हुन्छ । यो क्रम निरन्तर रहेमा रोग प्रतिरोधी क्षमता कमजोर हुनका साथै अन्य जटिल अवस्था निम्त्याउन सक्छ ।

के छ उपचार  : यदि मासुको आकार सानो र सुरुवाती अवस्था छ भने औषधिबाट निको बनाउन सकिन्छ । यदि मासुको आकार ठूलो भएमा शल्यक्रियाबाट मासु निकालिन्छ । शल्यक्रियापछि पनि मासु पलाउने जोखिम हुन्छ । यसका लागि ६ महिनासम्म नाकभित्र स्प्रे गर्ने, औषधि हाल्ने गरिन्छ ।

३. नाकको क्यान्सर

नाकभित्रको क्यान्सर भएमा पनि सास फेर्न कठिन हुन्छ । खासगरी साइनर नेजलमा क्यान्सरको जोखिम हुन्छ ।

यदि नाकको क्यान्सर भएको छ भने बारम्बार नाक बन्द हुने, नाकबाट रगत आउने, अनुहारको आकृतिमा परिवर्तन हुने, आँखा बाहिर निस्कने, मुखभित्रको तालु तल झरेको जस्तो हुने लक्षण देखिन्छ । अहिलेसम्मको घटनालाई हेर्दा प्राय यस्तो क्यान्सर ५० बर्षदेखि माथिको उमेर समूहमा बढी देखिएको छ ।

४. एडिनोइडमा समस्या

एडिनोइड नाक भित्रको पछाडि भागमा हुने तन्तुको समूह हो । मान्छेको उमेर बढ्दै जाँदा यसको आकार पनि घट्दै जानुपर्ने हुन्छ । तर, कतिपय अवस्थामा त्यस्तो हुँदैन । त्यस अवस्थामा बारम्बार नाक बन्द भइरहने हुन्छ । सुत्दा घुर्ने, सास फेर्न नसकेर सुतेको अवस्थामा अचानक ब्युँझने हुनसक्छ ।

यसका लागि औषधि र शल्यक्रियामध्ये एउटा उपचार पद्धती अपनाउन सकिन्छ ।

सामान्य अवस्थामा नाक बन्द भए के गर्ने ?

यदि सामान्य समस्याले गर्दा नाक बन्द भइरहेमा नेजल ड्रप लगाउन सकिन्छ । यसले बन्द भएको नाकलाई खुलाउँछ । तर, यो नियमितजसो प्रयोग गर्नु भने हुँदैन ।

नाक बन्द हुनुमा रुघा, खोकी, एलर्जी आदिको समस्या हुनसक्छ । यसबाट बच्नु भनेको चिसोबाट बच्नु अर्थात शरीरलाई न्यानो बनाउनु हो ।

एडिनोइडमा समस्या नाक बन्द भए के गर्ने ? नाकको हड्डी बाङ्गो न्याजल पोलिप
डा. ओमप्रकाश यादव
लेखक
डा. ओमप्रकाश यादव
नाक, कान तथा घाँटीका सिनियर शल्यचिकित्सक

मेडिकल काउन्सिल दर्ता नम्बर : ७९४१ एमबीएस, एमएस हाल वीर अस्पताल र बीपी स्मृति अस्पताल, बसुन्धरामामा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

चिकित्सक न त व्यापारी हो, न त भगवान्

चिकित्सक न त व्यापारी हो, न त भगवान्