+
+

आईसीटीमा योगदान पुर्‍याउने महिलालाई सम्मान गर्दै एनसेल, विजेताले पाउनेछन् ३ लाख नगद

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १९:२५

काठमाडौं । एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने महिलालाई ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ बाट सम्मान गर्ने भएको छ ।

यो वर्ष यस विधाको अवार्डका लागि कुल ३४ जना मनोनयनमा परेका थिए । यी मनोनयनहरुबाट सूचना प्रविधिको क्षेत्रमा पुर्याइएको योगदानका आधारमा तीन चरणको मूल्यांकन पश्चात अवार्डका लागि ७ जना महिलाहरु छनोटमा परेका छन् ।

शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने इनड्राइभ आईसीटी अवार्ड २०२३ को ग्राण्ड फिनाले कार्यक्रममा ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ प्रदान गरिने छ ।

प्रत्येक वर्ष, आईसीटी फाउन्डेसन नेपाल र लिभिङ विथ आईसीटीले संयुक्त रुपमा आईसीटी क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने उत्कृष्ट व्यक्तित्वहरु, नवप्रवर्तन र संघ संस्थाहरूलाई आईसीटी अवार्ड प्रदान गर्दै आएको छ ।

‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ प्रदान गर्नका लागि एनसेलले आईसीटी अवार्डसँग सहकार्य गर्दै आएको छ ।

महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरुप एनसेलले आईसीटी अवार्डमा आवद्ध भएर यो अवार्ड प्रदान गरिरहेको छ । यो पुरस्कारको राशी नगद ३ लाख रूपैयाँ रहेको छ ।

गतवर्ष यो अवार्ड शिला कंसाकार कार्कीलाई प्रदान गरिएको थियो । सन् २०२१ मा गुण केशरी प्रधानले यो अवार्ड पाएकी थिइन् । त्यसैगरी, सन् २०२० मा प्राध्यापक तिमिला यमी थापाले यो अवार्ड पाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?