+
+
Shares

एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर उपलब्ध गराउने

प्राधिकरणद्वारा एनसेललाई जारी नम्बर रेञ्ज ९८०, ९८१, ९८२, ९७० मार्फत सेवाग्राहीलाई सेवा प्रदान गर्नका लागि मोबाइल नम्बर अपुग भएकाले नयाँ नम्बर रेन्ज प्रदान गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १७ गते १७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसेलले नयाँ नम्बर रेन्ज ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने घोषणा गरेको छ।
  • नेपाल दूरसञ्चार प्राधिकरणले यसलाई अनुमति दिएको र साउन दोस्रो साताभित्रै सेवा सुरु हुने बताएको छ।
  • यो नयाँ नम्बर रेन्ज डिजिटल कारोबार र सेवाका लागि आवश्यक पर्ने मोबाइल नम्बरको आपूर्ति गर्नका लागि प्रदान गरिएको हो।

काठमाडौं । एनसेलले आमउपभोक्ताको सुविधाका लागि अब नयाँ नम्बर रेन्ज ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । आगामी साउन दोस्रो साताभित्रै नयाँ सिम वितरण थाल्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले १४ जेठमा एनसेललाई यो नम्बर रेन्जको नम्बरहरू वितरण गर्न अनुमति प्रदान गरेको थियो । प्राधिकरणद्वारा एनसेललाई जारी नम्बर रेञ्ज ९८०, ९८१, ९८२, ९७० मार्फत सेवाग्राहीलाई सेवा प्रदान गर्नका लागि मोबाइल नम्बर अपुग भएकाले नयाँ नम्बर रेन्ज प्रदान गरिएको हो ।

यो नयाँ नम्बर रेन्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ वितरण योजना (नेसनल नम्बरिङ एलोकेसन प्लान) को नियम अनुरूप जारी भएको हो । दूरसञ्चार सेवाबाहेक विभिन्न महत्त्वपूर्ण काम जस्तै वान टाइम पासवर्ड (ओटीपी) लिन, मोबाइल एप र वेबमा आधारित सेवाका लागि साइन अप गर्न लगायत डिजिटल कारोबार गर्दा मोबाइल नम्बरको ठूलो आवश्यकता रहन्छ ।

एनसेलले विभिन्न सेवा प्रदायक कम्पनी, सरकारी तथा गैरसरकारी संस्था, कार्यालय, बैंक तथा वित्तीय संस्थालाई यो नयाँ नम्बर रेन्जलाई हाल सञ्चालनमा रहेका अन्य रेन्जसरह ग्राहक सेवाका लागि आ–आफ्नो प्रणालीमा इन्ट्रिगेटर अपडेट गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?