+
+

ललितपुरका सहायक प्रशिक्षकमाथि प्रतिबन्ध, विकेश कुथुलाई जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १३:४२
रेफ्रीसँग विवाद गर्दै विकेश कुथु ।

५ पुस, काठमाडौं । नेपाल सुपर लिग एनएसएलले ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक रविन्द्र सिलाकारलाई प्रतिबन्ध लगाएको छ ।

स्पोर्टिङ इलामसँगको खेलमा रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै अनुशासन समितिको सिफारिसमा सिलाकारलाई तत्काल लागु हुने गरी एनएसएलको यो सिजनमा कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको एनएसएल आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।

सिलाकारमाथि २० हजार रुपैयाँ जरिवाना पनि गरिएको म्यानेजमेन्टले निर्देशक श्रीयान्स कार्कीले बताएका छन् ।

गत मंगलबारको खेलमा सिलाकारले खेल सञ्चालन गरिरहेका रेफ्री सुरोजित दासमाथि रंगभेदी टिप्पणी गरेको गरेको एनएसएलको ठहर छ ।

यस्तै एनएसएलले इलामका गोलकिपर विकेश कुथुमाथि व्यक्तिगत १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय पनि गरेको छ । रेफ्रीले वीरगञ्ज युनाइटेडसँगको खेलमा रेफ्रीमाथि दुर्व्यवहार गरेका थिए ।

निर्देशक कार्कीले मैदानमा खेल भावना विपरीतका कुनै पनि गतिविधि नगर्न टिम तथा खेलाडीहरुलाई आग्रह पनि गरेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?