+
+

एनसेल वुमन आइकन आइसिटी अवार्ड सुनैना घिमिरे पाण्डेलाई

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १६:३२

६ पुस, काठमाडौं। वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेलाई प्रदान गरिएको छ ।

शुक्रबार द सोल्टी आयोजित आइसिटी अवार्ड २०२३ मा पाण्डेलाई एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ प्रदान गरिएको हो ।

नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्‍याएको भन्‍दै उनलाई यो अवार्ड प्रदान गरिएको हो । अवार्डसँगै उनलाई नगद रू. ३ लाख रूपैयाँ प्रदान गरिएको छ ।

जनरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक सुनैना सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव बटुलेकी सकेकी छिन् । साथै  उनले प्रविधिमार्फत समाज परिवर्तन गर्दै क्यान महासंघमा सचिव, महासचिव र पहिलो महिला उपाध्यक्ष भएर समेत काम गरिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?