
१४ पुस, दाङ । दाङको कोइलाखानी भित्र एक पुरुष मृत फेला परेका छन्।
बंगलाचुली गाउँपालिका– ४ स्थित गदारीमा रहेको कोइला खानीको सुरुङभित्र घोराही उपमहानगरपालिका – ६ अघराका ४५ शिवराज केसी मृत फेला परेका हुन् ।
पुस ८ गते घरदेखि घोराही बजार जान भनेर निस्किएका उनी पाँच दिनदेखि सम्पर्कविहीन थिए । शुक्रबार उनी मृत फेला परेको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।
मृतकको शरीरमा चोटपटक देखिएकाले हत्या गरी सुरुङभित्र शव लुकाइएको हुनसक्ने उनले बताए । यद्यपि अनुसन्धान जारी रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4