+
+
Shares

ग्राउन्ड ह्यान्डिलिङ वायुसेवा निगमकै हुन्छ, सरकारको बटम लाइन यही हो : मन्त्री किराती

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते १६:५२

१५ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेवानि)ले त्रिभुवन विमानस्थलमा गरिरहेको ग्राउन्ड ह्यान्डलिङ सेवा नखोसिने स्पष्ट पारेका छन् ।

आइतबार नेपाल नागरिक उड्डयन नागरिक प्राधिकरणको २५ औं वार्षिकोत्स्वका अवसरमा बोल्दै उनले पटकपटक निगमको यो सेवा खोस्ने कोसिस नगर्न प्राधिकरणलाई चेतावनी दिए ।

‘राज्यले तपाईंहरुलाई जे जिम्मेवारी दिएको छ, त्यो जिम्मेवारीपूर्वक गर्नुहोस्, नेवानिले पाएको अधिकार खोस्ने कुरा पटक-पटक नगर्नुहोस्,’ उनले भने, ‘म चेतावनी दिन चाहन्छु,अब यो कुरा उठेमा त्यो राज्यको नीति माथी नै प्रश्न हुनेछ ।’

उनले नेवानि सच्चिनु पर्ने अवस्था रहेको भन्दै त्यसमा सरकारले काम गरिरहेको समेत बताए ।

 

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?