+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कोशीमा सभामुख चयनलगत्तै अन्त्य गरियो प्रदेशसभा अधिवेशन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १६:०९

२५ पुस, विराटनगर । कोशी प्रदेशसभाको चालू चौथो अधिवेशन अन्त्य भएको छ । मंगलबार सभामुखको निर्वाचनपछि बुधबार राति १२ बजेबाट अधिवेशन अन्त्य भएको हो ।

कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेशसभाको चालू चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिस लगतै प्रदेश प्रमुख खापुङले अधिवेशन अन्त्य भएको सूचना जारी गरेका छन् ।

१६ साउनमा तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि रिक्त रहेको सभामुखको निर्वाचन मंगलबार भएको थियो । राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध सभामुख निर्वाचित भएका थिए ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिससँगै राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०८९–०८० को प्रदेशसभामा पेश गर्ने, कोशी प्रदेश कर तथा गैर कर सम्बन्धी विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक तथा कानूनमन्त्री शम्शेर राईले बताए ।

यस्तै, स्थानीय तह मातहतबाट प्रदेशमा हस्तान्तरण भएर आए पनि मदन भण्डारी ट्रमा अस्पताल मंगलबारेका कर्मचारीहरू स्थानीय तहमा नै रहेकाले समायोजन, व्यवस्थापन तथा संशोधनका सिफारपस गर्ने निर्णय भएको प्रवक्ता राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?