+
+

माइकल ज्याक्सनको बायोपिक फिल्म १८ अप्रिल २०२५ मा आउने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १६:३५

काठमाडौं । पप संगीतका राजाका रुपमा चर्चित माइकल ज्याक्सबारेको बायोपिक फिल्म तयार हुँदैछ । आगामी सन् २०२५ मा यो फिल्मको प्रदर्शन मिति घोषणा भएको छ ।

गायनसँगै आफ्ना सिग्नेचर डान्स स्टेपका कारण प्रसिद्ध ज्याक्सनको यो फिल्ममा उनको चाखलाग्दो कथा पछाडिको व्यक्तित्वलाई चित्रण गरिएको छ । लायन्सगेटले यो फिल्मलाई उत्तर अमेरिका र युनिभर्सलले अन्तर्राष्ट्रिय बजारमा रिलिज गर्दैछन् ।

जनवरी २२ देखि फिल्मको निर्माण सुरु हुने भेराइटी म्यागजिनले उल्लेख गरेको छ । चर्चित फिल्म ‘बोहिम्यान र्‍याप्सोडी’ फेम्ड रचनाकार ग्राहम किङको समेत संलग्नता रहने यो फिल्म १८ अप्रिल २०२५ मा प्रदर्शनमा आउने जनाइएको छ ।

माइकल ज्याक्सनको भतिजा जाफर ज्याक्सनले डेब्यु मुख्य भूमिकामा अभिनय गर्ने फिल्मलाई एन्टोइन फुकाले निर्देशन गर्दैछन् । ‘यो फिल्म बायोपिक मात्र होइन, माइकल ज्याक्सनको कलात्मक क्रान्तिको लागि यो जीवित प्रमाण हो,’ आधिकारिक सारांशमा भनिएको छ ।

फिल्म ‘माइकल’ले दर्शकलाई उनी कसरी पप संगीतको राजा बन्ने भन्ने शानदार तर जटिल व्यक्तिको एक आकर्षक र इमान्दार चित्रण गर्नेछ । फिल्मले उनको विजय र त्रासदीलाई लार्जर द्यान लाइफ शैलीमा प्रस्तुत गर्ने जनाइएको छ ।

‘यो भव्य सिनेम्याटिक दृश्यले इतिहासको सबैभन्दा प्रभावशाली कलाकारको आन्तरिक व्यक्तित्व दर्शाउँछ । साथै कसरी उसले अन्तिम सास फेर्‍यो र उसको विरासतमा पूर्णविराम लाग्यो भन्ने चित्रण पनि गर्छ,’ सिनोप्सिसमा भनिएको छ ।

सारांशमा थप भनिएको छ, ‘उनको मानवीय पक्ष र व्यक्तिगत संघर्षदेखि लिएर उनको निर्विवाद रचनात्मक प्रतिभासम्मको उदाहरणलाई यहाँ पेश गरिनेछ । दर्शकले संसारको सबैभन्दा प्रभावशाली कलाकारमध्ये एकजनाको भित्री दृश्यलाई अनुभव गर्नेछन् ।’

यो फिल्मले बालबालिकाको दुर्व्यवहारमा पपस्टार मुछिएको विवादित घटनालाई चित्रण गर्छ कि गर्दैन भन्ने कुरा उल्लेख छैन । ज्याक्सनको सम्पत्ति व्यवस्थापन गर्ने जोन ब्रान्का र जोन म्याकक्लेनले यो फिल्म निर्माण गर्नेछन् । तर यो मुद्दामा ज्याक्सन दोषी पाइएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?