+
+

डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा लाइन काटिएका उद्योगमा बिजुली जोडियो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २८ गते ९:०१

२८ पुस, काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा विद्युत प्राधिकरणले काटिएका उद्योगको बिजुली शुक्रबार मध्यरातमा जोडिदिएको छ ।

मन्त्रिपरिषद्ले छानबिन आयोग गठन गरी काटिएको लाइन तत्काल जोडिदिने निर्णय मंगलबार गरेको थियो । प्राधिकरणले त्यसको चार दिनपछि मात्र लाइन जोडिदिएको हो ।

शुक्रबार राति १-२ बजेसम्म उद्योगहरूमा लाइन जोडिएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए  ।

शुक्रबार राति पौने ११ बजे जगदम्बा स्टिल्सको लाइन जोडिएको उद्योगका सन्चालक तथा नेपाल रोलिङ मिल्स एसोसिएसनका अध्यक्ष शाहिल अग्रवालले जानकारी दिए ।

विद्युत प्राधिकरणले ६ पुसबाट धेरै बक्यौता रहेका उद्योगमा लाइन काट्न थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?