+

टाइगर कप पुरुषतर्फको उपाधि हेल्प नेपाललाई

२०८० माघ  ६ गते १६:३६ २०८० माघ ६ गते १६:३६
टाइगर कप पुरुषतर्फको उपाधि हेल्प नेपाललाई

६ माघ, पोखरा । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरामा भएको चौथो टाइगर कप (पुरुष)को उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ ।

शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा हेल्प नेपालले घरेलु टोली गण्डकीलाई ३–१ को सेटमा पराजित गरेको हो ।

हेल्प नेपालले पहिलो र दोस्रो सेटमा क्रमश: २५–१३ र २५–१८ ले जित्यो । तेस्रो सेट गण्डकीले २५–२३ ले जितेर पुनरागमन आशा जीवित राखे पनि चौंथो सेट पुन: हेल्प नेपालले २५–१७ ले जित्यो ।

पहिलो पटक उपाधि जितेको हेल्प नेपालले ३ जना पाकिस्तानका राष्ट्रिय खेलाडी समावेश गरेको थियो । हेल्प नेपालले उपाधिसँगै ५ लाख ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ ।

त्यस्तै, उपविजेता बनेको गण्डकी प्रदेशले २ लाख ५५ हजार ५५५ रुपैयाँ पाएको छ । गण्डकी प्रदेशले ३ जना भारतीय खेलाडी सहभागी गराएको थियो ।

यसअघि शनिबार नै भएको महिलातर्फको फाइनल खेलमा विभागीय टिम एपीएफले जित्दै उपाधिमा ह्याट्रिक गरेको छ ।एपीएफले न्यूडायमन्ड क्लबलाई सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो पटक विजेता बनेको हो ।

टाइगर ग्रुप हेल्प नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय