
८ माघ, काठमाडौं । काठमाडौंको सुन्धारास्थित काठमाडौं मलको भुइँ तलामा रहेको पार्किङ खुला गर्न पुगेको नगर प्रहरीविरूद्ध व्यवसायीहरूले नाराबाजी गरेका छन् ।
महानगरपालिकाले मलको पहिलो तला खाली गर्न भन्दै सोमबार दिउँसो माइकिङ गरेको थियो, जसको विरोधमा व्यवसायीहरुले नगर प्रहरी विरुद्ध नाराबाजी गरेका हुन् ।
कर्मचारी सञ्चय कोषबाट सञ्चालित मलको भुइँ तलामा पार्किङका लागि स्थान बनाउनुपर्ने भन्दै महानगरले ताकेता गरेको थियो ।
मलका तर्फबाट कानुन व्यवसायीहरुले २६ पुसमा उच्च अदालत पाटन इजालसबाट अल्पकालीन अन्तरिम आदेश ल्याएका थिए ।
उक्त आदेश कायमै रहेको बेला महानगरपालिकाका नगर प्रहरी काठमाडौं मलको भुइँ तला खाली गर्न पुगेपछि व्यवसायी आक्रोशित भएका हुन् ।
व्यवसायीहरुको चर्को विरोधपछि नगर प्रहरीको टोली पछाडि हटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4