+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रदेश संरचना सत्ता बार्गेनिङकर्ताको भारी बिसाउने चौतारी बन्यो : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १७:४९

१६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको प्रदेश संरचनाले काम नगरेको भन्दै यसको विकल्प खोज्नुपर्ने बताएका छन् ।

कर्णालीका नेता कार्यकर्तासँग चियापान तथा भेटघाट गर्न मंगलबार आयोजित कार्यक्रममा उनले प्रदेश संरचनाले काम नगरेको सूचकांकहरुले नै देखाएको बताए ।

‘प्रदेश संरचनाले काम गर्ने भए कर्णालीमा काम हुनुपथ्र्यो, सुदूरपश्चिममा काम हुनुपर्थ्यो, मधेशमा काम हुनुपर्थ्यो’, उनले भने, ‘आज हेर्नुस् मैले बोल्नुपर्दैन, सूचकांकहरुले भनेका छन् ।’

प्रदेश संरचनालाई सत्ता बार्गेनिङ गर्ने पुराना दलहरुले भारी बिसाउने ठाउँ बनाएको लामिछानेले टिप्पणी गरे ।

‘अहिले काम गर्नुपर्ने प्रदेश संरचना, संविधानले परिकल्पना गरेको एउटा र अहिले भएको प्रदेश संरचना त्यही बार्गेनिङकर्ताको भारी बिसाउने चौतारी बनेको छ’, उनले भने ।

अहिलेको प्रदेश संरचनाले काम नगरेका कारण आफूले गत मंसिरमा महोत्तरीको जलेश्वरमा बसेको बैठकको राजनीतिक प्रतिवेदनमा प्रदेश संरचनाको विकल्प सोच्न एक मिनेट पनि ढिला गर्न नहुने बताएको स्मरण गरे ।

‘मैले जलेश्वर बैठकमा राजनीतिक प्रतिवेदनमा पनि भनेको थिएँ, अहिलेको प्रदेश संरचनाको विकल्प सोच्न एक मिनेट पनि ढिलो गर्न हुँदैन’ उनले भने ।

सभापति लामिछानेले सहकारी पीडितको समस्यालाई लिएर आफूलाई घेराबन्दी गर्न खोजिएको बताए । ‘चिन्ताले गरिएका हरेक प्रश्नको म सम्मान गर्दछु । तर, संगठित रुपमा यसलाई घेर्नसक्छु, यसलाई लडाउन सक्छु भनेर कसैलाई लाग्छ भने बिउँझिनुस्’, रविले भने ।

अरु दलले मिसन ८४ भन्न नपाउने भन्दै उनले कर्णालीमा पार्टी संगठन कमजोर रहेपनि कर्णालीलाई बुझ्नेमा अन्य दलहरु भन्दा रास्वपा अगाडि रहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?