+
+

च्याम्पियन्स लिग : प्रिक्वाटरफाइनलको पहिलो लेगमा पीएसजी विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते ८:१२

३ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत प्रि क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ ।

गएराति भएको खेलमा पीएसजीले स्पानिस क्लब रियल सोसिडाडलाई २-० ले हरायो । पीएसजीले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

किलिएन एमबाप्पेले ५८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि ब्राडली बार्कोलाले ७०औं मिनेटमा गोल गरे ।

यी दुई टोलीबीच दोस्रो लेगको खेल ५ मार्चमा सोसिडाडको घरेलु मैदानमा हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?