+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सर्लाहीमा ११६ किलो गाँजासहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते २१:१४

१० फागुन, जनकपुरधाम । प्रहरीले सर्लाहीबाट ११६ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी नवलपरासी गैडाकोट नगरपालिका ११ का ३० वर्षीय सूर्य परियार रहेका छन् ।

उनलाई प्रहरीले सर्लाहीको बागमती नगरपालिका ३ नयाँ बस्ती चोकस्थित नयाँरोडबाट बागमती प्रदेश ०१–०२६ च ५१५९ नं. को कार र त्यसमा लुकाइ राखेको १० पोका गाँजासहित पक्राउ गरेको हो ।

गाँजा तौल गर्दा ११६ किलो भएको प्रहरीले जनाएको छ । पक्राउ परेका परियारमाथि थप अनुसन्धान गरिरहेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?