+
+

राप्रपाले २६ फागुनमा बोलायो कार्यसम्पादन समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १७:५६

२१ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न २६ फागुनमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै भावी रणनीति तय गर्न तथा घोषित आन्दोलनको आवश्यक तयारीबारे छलफल गर्न बैठक बोलाइएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

सोमबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले नयाँ सत्ता समीकरण बनाएका छन् । त्यसमा राप्रपालाई सहभागी नगराउने पनि दलहरुबीच सहमति भएको छ ।

राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर पूरा नभए आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?