+

वीरमा अब पार्किन्सन, छारेरोग, डिप्रेसनको नयाँ प्रविधिबाट उपचार

२०८० फागुन  २५ गते १५:३७ २०८० फागुन २५ गते १५:३७
Shares
वीरमा अब पार्किन्सन, छारेरोग, डिप्रेसनको नयाँ प्रविधिबाट उपचार

मानौं, तपाईंको शारीरिक गतिविधि अचानक सुस्त हुन थाल्यो । फटाफट हिँड्न सक्नुभएन । हिँड्दा हात र खुट्टाको चाल मिलेन । कतै हिँड्दा रोबोर्ट जस्तै हातखुट्टा अचल भयो । आँखा चिम्मा हुँदैन । बस्न र उठ्न पनि कठिन भयो । शरीरमा अनायस कम्पन हुन्छ । राती सुत्न सकिदैन । यस्तो अवस्थामा के गर्नुहुन्छ ?

न मर्नु, न बाँच्नुको स्थिती हो यो । जबकि यस्तो समस्या अहिले धेरैलाई छ । किनभने यो पार्किन्सनको समस्या हो । ६० बर्ष उमेर काटेका धेरै यही समस्या झेलिरहेका छन् । तर, बुढापाका मात्र होइन युवाहरुमा पनि यो समस्या देखिन थालेको छ ।

पार्किन्सन भएको मान्छे हाँस्दैन, सहज रुपमा बोल्दैन, खानेकुरा राम्ररी खानै सक्दैन । यसका अनेक झमेला छ ।

पार्किन्सन मात्र होइन, छारेरोग, डिप्रेसन, डिस्टोनिया, ओसिडी, शारीरिक कम्पन पनि यस्तै साझा समस्या हो । यी सबै किसिमको समस्याले मान्छेको दिनचर्या पूर्ण रुपमा प्रभावित बनाउँछ । खाने, बस्ने, सुत्ने, उठ्ने, हिँड्ने, खेल्ने, काम गर्ने कुराको लय बिग्रन्छ । यसले स्वयम् समस्या झेलिरहेका व्यक्तिलाई मात्र होइन, उसको घर-परिवारलाई पनि असजिलो बनाइदिन्छ ।

पार्किन्सन, छारेरोग, डिप्रेसन, डिस्टोनिया, ओसिडी, शारीरिक कम्पन जस्ता समस्या भित्रभित्रै जटिल बन्दै गएको छ । यो कुरा भोग्नेहरुलाई थाहा छ । यस्तो समस्या किन हुन्छ त ? पार्किन्सन जस्ता कतिपय समस्याको ठ्याक्कै कारण अहिलेसम्म पत्ता लागेको छैन । यसको कारणबारे अध्ययन-अनुसन्धान भइरहेको छ ।

मस्तिष्कमा एउटा सानो भाग हुन्छ, बेसल ग्याङेलिया । यसले डोपामाइन जस्ता मान्छेलाई उत्प्रेरणा जगाउने, सन्तुष्ट र खुसी भाव जगाउने हर्मोन उत्पादन गर्छ । यो भाग सुक्दै गएपछि मान्छे क्रमस प्रतिक्रियाविहिन हुँदै जान्छन् । उनीहरुमा आउनुपर्ने स्वभाविक प्रतिक्रिया देखिदैन । हिँड्ने, बस्ने, खाने, बोल्ने, हाँस्ने वा कुनैपनि कुरामा उनीहरुले जसरी प्रतिक्रिया जनाउनुपर्ने हुन्थ्यो, सो कम हुँदै जान्छ ।

यस्तो समस्याको उपचारमा औषधिलगायत अरु केही विधि प्रयोग गरिन्छ । पार्किन्सनको हकमा औषधि दिएर पनि पाँच बर्षसम्म उनको अवस्था निरिक्षण गर्नुपर्छ भनिन्छ । यसको अर्थ कतिपयलाई औषधिले समेत काम गर्दैन । यस्तो अवस्थामा केही नयाँ प्रविधि आएको छ, जसले प्रभावकारी काम गर्न सक्छ । जस्तो- डिप ब्रेन स्टुम्युलेसनभेजल नर्भ स्टुमुलेसन

यसले कसरी काम गर्छ ?

पार्किन्सन, छारेरोगलगायत समस्या भएकाहरुको मस्तिष्कभित्र जुन भाग सुक्दै गएको वा निस्क्रिय हुँदै गएको छ, त्यसलाई विद्युतिय तरंग दिएर सक्रिय गराउने विधि हो यो ।

यसका लागि ठूलो शल्यक्रिया गर्नुपर्दैन । सामान्य शल्यक्रिया गरेर टाउकोमा सानो प्वाल पारेर प्रभावित भागमा सानो तार राखिन्छ । उक्त तारलाई व्याट्रीको माध्यामबाट तरंग दिइन्छ । यसरी तरंग दिएपछि प्रभावित भाग सक्रिय हुन्छ । यो अहिलेको उन्नत विधि हो । यस विधिबाट पार्किन्सन, छारेरोग, डिप्रेसन, डिस्टोनिया, ओसिडी, शारीरिक कम्पन जस्तो समस्यामा उपचार गरिन्छ । यसले उनीहरुको शारीरिक गतिविधिलाई सक्रिय गराउँछ ।

यो उपचार कहाँ पाइन्छ ?

यो उपचार चलनचल्तीमा आएको धेरै भएको छैन । अहिले वीर अस्पतालले सुरु गरिरहेको छ । यसका लागि आवश्यक प्रविधिको समस्या छैन । केही समयपछि अमेरिकाबाट सात आठ जानको विशेषज्ञ चिकित्सकहरु आउँदैछन्, यही प्रविधि सञ्चालनका लागि । उनीहरुबाट पनि सेवासँगै कतिपय उपकरण सहयोग पाइनेछ ।

उपचारको खर्च कति लाग्छ ?

यस्तो उपचारका लागि जान्नेबुझ्नेहरु विदेश जाने गरेका छन् । भारत लगायत कुनैपनि देशमा यस्तो प्रविधिबाट उपचार गर्दा २०–२५ लाख रुपैयाँ खर्च हुन्छ । नेपालमै यसका लागि १३–१४ लाख रुपैयाँ लाग्न सक्छ । यद्यपि हामीले यस उपचारमा लाग्ने सामानको मूल्य कम गर्नका लागि कम्पनीसँग कुरा गर्दैछौं ।

अझ संभव भएसम्म यस्तो समस्या भएको बिरामीलाई विशेष क्याटगोरीमा राखेर निःशुल्क उपचारका लागि सरकारसँग पहल गर्नेछौं ।

त्यसो त सबैलाई त्यही शल्यक्रिया गरेर उपचार गर्नुपर्छ भन्ने छैन । कनिपयमा अरु सामान्य विधिबाट पनि उपचार गर्न सकिन्छ ।

यसका लागि के छ समस्या ?

पार्किन्सन, डिप्रेसन आफैमा बिकराल समस्या बन्दैछ । छारेरोग आम समस्या बन्दैछ । यस्तो समस्याको सही उपचार, सही समयमा हुनु जरुरी छ ।

वीर अस्पतालले आधुनिक प्रविधिबाट यस्तो समस्याको उपचार सुरु गरेको छ । अस्पताललाई अहिले प्रविधिको समस्या छैन । तर, समस्या भनेको एउटै कुरा छ । त्यो हो, मान्छेमा सचेतनाको कमी ।

मान्छेलाई पार्किन्सन, डिप्रेसनलगायतको औषधि खाइरहेकाहरुलाई अहिले नयाँ प्रविधिबाट उपचार हुन्छ भन्ने जानकारी नै छैन । त्यसैले यस्तो उपचार गराउने तत्परता उनीहरुमा देखिदैन ।

डिप ब्रेन स्टुम्युलेसन ?

न्यूरोलोजिकल डिसअर्डरले ग्रस्त व्यक्तिका लागि गरिने सामान्य तर प्रभावकारी शल्यक्रिया हो यो । यस अन्र्तगत मस्तिष्कको प्रभावित भागमा विद्युतिय प्रतिक्रिया बढाइन्छ, जसले मान्छेको शारीरिक एवं भावनात्मक गतिविधिमा भइरहेको अवरोध हट्छ ।

डिप ब्रेन स्टुम्युलेशनमा मस्तिष्कमा लगाएर मस्तिष्कको असामान्य विद्युतिय संयन्त्रलाई नियन्त्रण गरिन्छ । यसमा एउटा तार हुन्छ, त्यसलाई मस्तिष्कको प्रभावित भागमा लगाइन्छ । ब्याट्रीको माध्यामबाट त्यसमा तरंग दिइन्छ ।

यस्तो उपचार कस्ता व्यक्तिका लागि हुन्छ त ?

–पार्किन्सन

–एसेन्शियल ट्रेमोर

–एपिलेप्सी

–डिस्टोनिया

–छारेरोग

–डिप्रेसन

–शारीरिक कम्पन आदि  ।

डिप ब्रेन स्टुम्युलेसन भेजल नर्भ स्टुमुलेसन
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?